
काठमाडौँ । जारी आइसिसी महिला क्रिकेट विश्वकपमा भारतले पाकिस्तानलाई पराजित गरेको छ । गए राती सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ८८ रनले पराजित गरेको हो ।
श्रीलङ्काको राजधानी कोलम्बोको आर प्रेमदासा अंतराष्ट्रिय क्रिकेट स्टेडियममा समापन्न खेलमा भारतद्वारा दिइएको २४८ रन पछाउने क्रममा पाकिस्तानी महिला टोली १५९ रनमा समेटीयाे।
भारतले दिएको लक्ष्य पछाएको पाकिस्तान ४३ ओभरमा अल आउट भएको थियो । यसअघि भारतले पहिला ब्याटिङ गर्दै ५० ओभरमा अल आउट हुँदै २४७ रन बनाएको थियो ।
जारी विश्वकपमा भारतको यो लगातार दोस्रो जित हो । यो जितपछि भारतको २ खेलमा ४ अङ्क भएको छ र शीर्ष स्थानमा रहेको छ । त्यसै गरी पाकिस्तानले भने प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ ।
विश्वकप अन्तर्गत आज न्यूजील्याण्ड र दक्षिण अफ्रिका खेल्ने तालिका रहको छ ।