काठमाडौं । अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल जोयल बी भोवेल नेपाल आएका छन् । उनी केही समय अगाडि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।

भोवेलको टोलीलाई नेपाली सेना र नेपालस्थित अमेरिकी दूतावासका अधिकारीले स्वागत गरे ।

भ्रमण टोलीको नेतृत्व गर्दै भुटान हुँदै ‘ड्रुक एयर’बाट उनी ३ दिने भ्रमणका लागि काठमाडौंमा आइपुगेका हुन् । भ्रमणको क्रममा प्रधानसेनापतिसहित उच्चपदस्थ अधिकारीसँग भेटवार्ता हुने बताइएको छ ।

भेटमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श हुनेछ ।

भ्रमण टोलीले पाँचखालस्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको निरीक्षण भ्रमण गर्ने कार्यक्रम तय भएको छ । नेपाली सेनाले यो भ्रमणलाई पूर्व निर्धारित र नियमित भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको