काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको राजधानी नयाँ दिल्लीमा आयोजित अन्तर्राष्ट्रिय एनएक्सटी २०२६ सम्मेलनमा सहभागी भएर स्वदेश फर्किएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले आफू स्वदेश फर्किएको जानकारी गराएका हुन् । उनले अन्तर्राष्ट्रिय एनएक्सटी २०२६ सम्मेलनमा सहभागी भएर स्वदेश फर्किँदा सन्तोषको अनुभूति भएको बताए ।
भट्टराईले सम्मेलनले कृत्रिम बुद्धिमत्ता (एआई)ले आगामी दिनमा समाज र राज्यका विभिन्न क्षेत्रमा पार्न सक्ने सकारात्मक तथा नकारात्मक प्रभावबारे सम्बन्धित क्षेत्रका विज्ञहरूसँग प्रत्यक्ष रूपमा बुझ्ने महत्वपूर्ण अवसर प्रदान गरेको उल्लेख गरे ।
उनले उक्त सम्मेलनका क्रममा नेपालमा देखिएको जेनजी आन्दोलन तथा हालै सम्पन्न आमनिर्वाचनपछि उत्पन्न राजनीतिक अवस्थाबारे विश्व समुदायलाई यथार्थपरक ढंगले जानकारी गराउने अवसरसमेत प्राप्त भएको बताए।
‘दिल्लीमा आयोजित अन्तर्राष्ट्रिय एनएक्सटी २०२६ सम्मेलनबाट स्वदेश फर्कदा सन्तोषको अनुभूति ! एआईले समाज र राज्यका विभिन्न क्षेत्रमा आगामी दिनमा पार्न सक्ने सकारात्मकरनकारात्मक प्रभावबारे सम्बन्धित क्षेत्रका विज्ञहरूबाट बुझ्ने महत्वपूर्ण अवसर । साथै नेपालको जेनजी आन्दोलन र हालैको आमनिर्वाचनपछिको राजनीतिक स्थितिवारे विश्व समुदायलाई यथार्थपरक ढंगले बुझाउने स्वर्ण अवसर,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।







