काठमाडौं । नेकपा एमालेका कार्यकर्ता र प्रहरीबीच बबरमहलमा झडप भएको छ ।
प्रदर्शनकारी माइतीघर मण्डलाबाट नयाँबानेश्वरतर्फ अगाडि बढ्न खोज्दा प्रहरीले बबरमहलस्थित जिल्ला अदालत अगाडि रोक्न खोजेको थियो ।
काठमाडौं जिल्ला अदालत अगाडि प्रहरी घेरा तोडेर अघि बढेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो ।
अदालतअगाडि प्रदर्शनकारीले टायर बाल्न खोज्दा प्रहरीले हस्तक्षेपसँगै लाठीचार्ज गरेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको विरुद्धमा नारााबाजी समेत गरेका छन् ।
माइतीघरको प्रहरी ब्यारिगेट तोडेर प्रदर्शनकारी बानेश्वर पुगेको छ ।
अहिले माइतीघर-बबरमहल क्षेत्र तनावग्रस्त बनेको छ । प्रहरी बाक्लो संख्यामा परिचालन गरिएको छ ।







