काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान गरेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय गरिएको छ।

बैठकमा देशभर देखिएको तेल अभाव, कालोबजारी नियन्त्रण तथा बढ्दो महँगीको अवस्थाबारे गम्भीर छलफल हुने बताइएको छ।

साथै, आपूर्ति व्यवस्थापन, बजार अनुगमन र मूल्य नियन्त्रणसम्बन्धी विषयमा आवश्यक निर्णय गरिने स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको