काठमाडौं । काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दायरको तयारी गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन तस्करी गरेको अभियोगमा नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०का नेता समेत रहेका महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी गरेको हो ।
उक्त मुद्दामा महरासहित २८ जना र एक कम्पनीलाई प्रतिवादी बनाइएको स्रोतले जनाएको छ ।
मुद्दा दायरका लागि अख्तियारका कर्मचारीहरू आवश्यक कागजात लिएर विशेष अदालत पुगिसकेका छन् । अहिले विवरण रुजु गर्ने काम भइरहेको जनाइएको छ ।
२०७९ पुस १० गते गते Fly Dubai को Flight number FZ0587 बाट नेपाल आएका चिनियाँ नागरिक राहदानी LI HANSONG ले २ वटा सुटकेशभित्र ७३ बट्टामा रहेको ७३० थान भेपभित्र ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बराबरको सुन त्रिभुवन विमानस्थल हुँदै भित्र्याएको विषयमा महरा जोडिएका थिए ।
यो प्रकरणमा संलग्न चिनियाँ नागरिकसँगको सम्बन्ध र कारोबार खुलेपछि अख्तियारले मुद्दा लैजाने निर्णय गरेको बताइएको छ ।
सो गिरोहले भेपको आवरणमा सुन भित्राउन खोज्दा भन्सारले पक्राउ गरेपछि महरा र उनका छोरा राहुललगायतको संलग्नता खुलेको थियो ।
सुन तस्करी प्रकरणको आरोपमा महरालाई सीआईबीले पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।
काठमाडौं जिल्ला अदालतले असोज २९ गते महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।
तर महरालाई उच्च अदालत पाटनले सोही प्रकरणमा धरौटीमा छाड्न आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको