काठमाडौं । सभामुख डीपी अर्यालले संंसद् र संसदीय समितिमा रिपोर्टिङ गर्न पत्रकारहरूको पहुँच सहज बनाउने प्रतिबद्धता जनाएका छन् ।
संसदीय मामिला पत्रकार समाज र संसदीय रिपोर्टिङमा रहेका पत्रकारहरूसँगको भेटमा उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
पछिल्लो समय पत्रकारहरूले संसद भवन प्रवेश कठिनाइ भोग्दै आएका छन् । पत्रकारका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाको सभा कक्ष पुग्ने गेट फरक–फरक छ । प्राविधिक झन्झट र फोटो खिच्ने क्रममा हुने सुरक्षा कडाइले समाचार संकलनमा अवरोध सिर्जना भइराखेको छ ।
अन्तर्राष्ट्रिय अभ्यास र प्रेस स्वतन्त्रताको भावनाअनुरूप संसद् परिसरभित्र पत्रकारहरूका लागि सहज र मर्यादित कार्यवातावरण सुनिश्चित हुन नसकेको भनेर पत्रकारहरूले सभामुखको ध्यानाकर्षण गरेपछि अर्यालले समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
सभामुख अर्यालले हालको संसद् भवन अस्थायी संरचनामा रहेकाले केही व्यावहारिक कठिनाइ उत्पन्न भएको बताउँदै नयाँ र स्थायी संसद् भवन निर्माण सम्पन्न भएपछि भौतिक संरचनाका कारण देखिएका समस्या समाधान हुने बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको