काठमाडौं । पूर्वमन्त्री एवम प्रतिनिधि सभाका स्वतन्त्र सांसद महावीर पुनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

उनले स्वस्फूर्त रूपमा सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

सम्पत्ति विवरणअनुसार उनको कास्कीको पोखरा महानगरपालिका माझठाना वडा ७ मा चार ठाउँमा करिब २८ रोपनी जग्गा रहेको  छ ।

उक्त चार ठाउँमा रहेको जग्गा स्वआर्जनबाट (अमेरिकाबाट फर्किंदा बचेको पैसा) किनिएको उल्लेख गरेका छन् ।

उनले यी सबै जग्गा२०५२ सालमा जम्मा ४ लाख जतिमा पदम पुनसँग मिलेर किनेको र राष्ट्रिय आविस्कार केन्द्र सञ्चालनका लागि बिक्रीमा राखिएको उल्लेख गरेका छन् । यद्यपी हालसम्म जग्गा बिक्री नभएको उनको भनाइ छ ।

उनले २०६० सालमा किनेको ३ तोला सुन श्रीमतीसँग रहेको उल्लेख गरेका छन् । सुनको स्रोत भने इस्टमित्रहरूले पत्नीलाई उपहारस्वरूप दिएको उनले उल्लेख गरेका छन् ।

यस्तै दुईवटा बैंक खातामा २९ लाख रुपैयाँ रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ । नेपाल बैंकमा आफ्नो नामको बैंक खातामा करीब ४ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकमा रहेको आफ्नो खातामा करीब २५ लाख रुपैयाँ रहेको उनले बताएका छन् । जसमध्ये नेपाल बैंकमा रहेको रकम साथीहरूबाट प्राप्त सहयोग भएको बताएका छन् भने राष्ट्रिय वाणिज्य बैंकको २५ लाख २०८२ फागुनको चुनावका लगि संकलन भएको सहयोग र चुनावमा गरेको खर्चबाट बचेको उल्लेख गरेका छन् । यो रकम आफ्नो निर्वाचन क्षेत्रका मतदाताको सहयोगका लागि बेनीमा सञ्चालन गरिने कार्यालयमा खर्च गरिने पुनले उल्लेख गरेका छन् ।

उनले आफूले आफ्नो आत्मकथा पुस्तक हालसम्म २ लाख ५० हजार प्रतिबिक्री गरेको र त्यसबाट आएको सबै पैसा राष्ट्रिय आविस्कार केन्द्र तथा वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनार्थ राष्ट्रिय आविष्कार केन्द्रको नेपाल बैंकमा रहेको बैंक खातामा जम्मा गरेको उल्लेख गरेका छन् ।

पुनको पुस्तकको मूल्य ७५० रुपैयाँ रहेको छ । २ लाख ५० हजार प्रतिबिक्री गर्दा पुनले त्यसबाट १८ करोड ७५ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको