काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा फेरि वृद्धि गरेको छ ।

यातायात व्यवस्था विभागका अनुसार मंगलबारको मन्त्रीस्तरको निर्णयपछि सार्वजनिक यातायातमा ५  प्रतिशत भाडा वृद्धि गरिएको छ  ।

यही १२ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमति लिएर यात्रुवाहक तथा मालवाहक सवारी साधनमा ५ प्रतिशतले भाडा वृद्धि गरिएको विभागको सूचनामा उल्लेख छ ।

डिजेलको मूल्यवृद्धिका कारण भाडादर समायोजन गरिएको विभागले जनाएको छ ।

सरकारले यसअघि २५ चैतमा मात्रै सार्वजनिक यातायात तथा ढुवानीका सवारीको भाडादर समायोजन गरेको थियो ।

जसअनुसार मालवाहक सवारी साधनको भाडा पहाडी मार्गमा २१.६८ प्रतिशत र तराई मार्गमा १५.७५ प्रतिशतले समायोजन गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको