काठमाडौं । भारतले लिपुलेक पास हुँदै हुने कैलाश मानसरोवर यात्राबारे आफ्नो धारणा सार्वजनिक गरेको छ ।

चीन र भारतबीच लिपुलेक मार्ग हुँदै मानसरोवर यात्रा पुनः सञ्चालन गर्ने सहमति भएपछि नेपाल सरकारले आइतबार कूटनीतिक पत्रमार्फत आपत्ति जनाएको थियो ।

यसप्रति प्रतिक्रिया दिँदै भारतका विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले लिपुलेक पास हुँदै जाने मानसरोवर यात्रा नयाँ नभएको दाबी गरेका छन्।

उनले भने, ‘लिपुलेक पास हुँदै हुने कैलाश मानसरोवर यात्रा सन् १९५४ देखि निरन्तर चल्दै आएको पुरानो मार्ग हो। यो कुनै नयाँ व्यवस्था होइन, दशकौँदेखि सञ्चालनमा रहेको यात्रा हो।’

भारतले यस विषयमा आफ्नो धारणा सधैँ स्पष्ट र स्थिर रहेको उल्लेख गर्दै नेपालसँग द्विपक्षीय सम्बन्धअन्तर्गत रहेका सबै विषयमा रचनात्मक संवाद गर्न तयार रहेको जनाएको छ।

त्यसैगरी, सीमा सम्बन्धी बाँकी रहेका मुद्दाहरू कूटनीतिक माध्यमबाट समाधान गर्न सकिने विश्वास पनि भारतले व्यक्त गरेको छ।

लिपुलेक क्षेत्रलाई लिएर नेपाल, भारत र चीनबीच लामो समयदेखि विवाद रहँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको