एजेन्सी । तमिलनाडु विधानसभा निर्वाचनको मतगणना जारी रहँदा अभिनेता जोसेफ विजय (विजय थलापति) को पार्टी तमिलगा वेट्री कजगम (टिभिके) अप्रत्यासित रूपमा सत्तातर्फ अग्रसर देखिएको छ।

बिहान ८ बजेदेखि सुरू भएको मतगणनामा मध्याह्नसम्म आइपुग्दा २३४ मध्ये २२७ सिटको परिणाम सार्वजनिक भइरहँदा टिभिके १२२ सिटमा अग्रस्थानमा पुगेको छ।

प्रारम्भिक चरणमै बहुमतका लागि आवश्यक ११८ सिट पार गर्दै करिब १७० सिटसम्म पुगेको अग्रता केही घटे पनि टिभिके अझै प्रमुख प्रतिस्पर्धीका रूपमा अघि देखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यसैबीच, द्रविडा मुनेत्र कजगम र भारतीय राष्ट्रिय कांग्रेसको गठबन्धन तेस्रो स्थानमा खुम्चिएको छ। गठबन्धनका उम्मेदवारहरू ४३ सिटमा मात्र अग्रता लिन सफल भएका छन्।

उता, भारतीय जनता पार्टी नेतृत्वको एनडिए गठबन्धन दोस्रो स्थानमा रहेको छ, जसले हालसम्म ६६ सिटमा अग्रता कायम गरेको छ।

२०२४ मा स्थापना गरिएको टिभिकेले पहिलोपटकमै चुनावी मैदानमा सबै २३४ सिटमा उम्मेदवारी दिएको थियो।

कुनै गठबन्धन नगरी एक्लै प्रतिस्पर्धा गर्ने विजयको निर्णयलाई सुरुवातमा जोखिमपूर्ण मानिए पनि अहिले त्यसले ऐतिहासिक सफलता दिलाउने संकेत देखिएको छ।

स्वयं विजय चेन्नईको पेराम्बुर र त्रिची पूर्व दुवै क्षेत्रबाट अग्रस्थानमा छन्। भारतीय मिडियाहरूले उनलाई तमिलनाडुका भावी मुख्यमन्त्रीका रूपमा प्रस्तुत गर्न थालेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको