काठमाडौं । संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसद् समन्वय बोर्डको पहिलो बैठक आज बस्दैछ ।
बैठक आज दिउँसो ३ः०० बजे कांग्रेस केन्द्रीय कार्यालय बिपी स्मृति भवन ललितपुरमा बस्न लागेको हो । कांग्रेसले उक्त बैठकमा उपस्थित हुन बोर्डका सदस्यहरूलाई निर्देशन दिएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले कांग्रेस संसदीय दलको विधान (संशोधन र परिमार्जनसहित, २०८३) को धारा २१ बमोजिम संसद् समन्वय बोर्ड गठन भएको थियो ।
पार्टीभित्र संसद्सम्बन्धी काम, रणनीति र समन्वयका लागि कांग्रेसले बोर्ड गठन गरेको छ ।







