धनगढी । नेपाली कांग्रेसका सभापति गगन थापाले सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस र एमालेबाहेक अन्य कुनै सत्ता समीकरण बन्ने सम्भावना नरहेको बताएका छन् ।
शनिबार कैलालीको धनगढीमा आयोजित नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै सभापति थापाले प्रदेश सरकार परिवर्तनबारे फैलाइएका चर्चामा भ्रममा नपर्न नेता–कार्यकर्तालाई आग्रह गरेका हुन् ।
उनले अहिलेको सत्ता समीकरण कांग्रेस र नेकपा एमाले बीचको समझदारीमा आधारित रहेको उल्लेख गर्दै सरकार सञ्चालन तथा नेतृत्व परिवर्तनसम्बन्धी विषय पनि दुई दलबीचकै छलफलबाट तय हुने स्पष्ट पारे ।
सभापति थापाले सुदूरपश्चिममा मात्रै होइन, मधेश प्रदेशमा समेत हाल कायम सत्ता समीकरणले निरन्तरता पाउने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको