काठमाडौं । नेपालको ‘ए’ टोलीले एकदिवसीय अभ्यास शृङ्खलाको पहिलो खेलमा स्कटल्यान्डलाई ४५ रनले हराएको छ ।
नेपाल ‘ए’ ले दिएको २७८ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले ४८ ओभर २ बलमा २३२ रन बनाउँदा सबै विकेट गुमायो ।
स्कटल्यान्डका फिनले म्याकक्रेथले ५२ रन बनाए । नेपालका रशिद खानले ३ तथा युवराज खत्री, बसिर अहमद र शाहब आलमले २/२ विकेट लिए ।
यसअघि माथिल्लो मूलपानी मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल ‘ए’ ले ५० ओभरमा ८ विकेट गुमाएर २७७ रन बनायो ।
नेपाल ‘ए’ का देव खनालले ६३, मयन यादवले ४५, सन्दीप जोराले ३४, दीपक डुम्रेले ७ बलमा नटआउट २३ रन बनाए । स्कटल्यान्डका ब्राडली करी र सफयान शरिफले २/२ विकेट लिए ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्न नेपाल आएका अमेरिका र स्कटल्यान्ड टोलीसँग नेपाल ‘ए’ ले एकदिवसीय अभ्यास शृङ्खला खेलेको हो । नेपाल ‘ए’ ले स्कटल्यान्ड र अमेरिकासँग २/२ वटा अभ्यास खेल खेल्नेछ ।
नेपाल ‘ए’ ले शृङ्खलाको दोस्रो खेलमा भोलि अमेरिकासँग, पर्सि स्कटल्यान्डसँग र आउँदो सोमवार अमेरिकासँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको