राजबिराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ बभनगामामा शनिबार राति भीषण आगलागीबाट १० परिवारका करिब २० वटा घर जलेर नष्ट भएका छन्। विद्युत् सर्ट भएर आगलागी भएको स्थानीयले बताएका छन्।
आगलागीबाट करिब ५० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएकाे अनुमान गरिएको छ। आगलागीबाट घरमा रहेका लत्ताकपडा, खाद्यान्न, नगद, सुनचाँदी तथा पशुचौपाया समेत जलेर नष्ट भएको पीडितहरूले बताएका छन्।
स्थानीय रामा यादवले जग्गा खरिदका लागि आगलागी हुनुभन्दा अघिल्लो दिन मात्रै बैंकबाट झिकेर ल्याएको ४ लाख रुपैयाँ नगद, ४० तोला चाँदी र ३ भरी सुनसमेत आगोमा जलेर नष्ट भएको बताए।
आगलागीबाट जोगिन्द्र यादव, जुगाइ यादव, गिरिजा यादव, पिंकी कुमारी, राजेन्द्र यादव, धिरेन यादव, राजकुमार यादव लगायतका परिवारको घर पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाइएको छ।
स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा लामो प्रयासपछि आगो नियन्त्रणमा लिइएको थियो। घटनापछि पीडित परिवार खुला आकाशमुनि बस्न बाध्य भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको