काठमाडौं । टर्किस एयरलाइन्सको जहाजमा आगलागी भएपछि सोमबार बिहान केही समय बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएको छ।
इस्तानबुलबाट काठमाडौँ आएको टर्किस एयरलाइन्सको TK726 जहाज बिहान पौने ७ बजेतिर अवतरण गर्ने क्रममा दायाँपट्टिका पाङ्ग्रामा आगो देखिएपछि विमानस्थलमा आकस्मिक अवस्था घोषणा गरिएको थियो । घटनापछि करिब डेढ घण्टा उडान तथा अवतरण सेवा पूर्ण रूपमा रोकिएको थियो ।
विमानस्थल कार्यालयकाका अनुसार दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएपछि जहाजलाई रनवेबाट हटाएर पार्किङ क्षेत्रमा लगिएको छ। त्यसपछि बिहान सवा ८ बजेदेखि विमानस्थल पुनः सञ्चालनमा आएको हो।
‘विमानस्थल बन्द हुँदा केही जहाज डाइभर्ट भएका थिए, अहिले ती विमानहरू पुनः काठमाडौँ अवतरण गर्ने क्रममा छन्,’ विमानस्थल कार्यालयका अधिकारी छवि ठकुल्लाले भने ।
घटनाका बेला जहाजमा चार जना बालबालिकासहित २७७ जना यात्रु सवार थिए। सबै यात्रुलाई इमर्जेन्सी ढोका प्रयोग गरेर सुरक्षित रूपमा बाहिर निकालिएको विमानस्थल कार्यालयले जनाएको छ। उद्धारका क्रममा केही यात्रुलाई सामान्य चोटपटक लागेको छ।
आगलागीको कारण भने अझै खुलेको छैन । प्राविधिक टोलीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।
रनवे बन्द भएपछि बुद्ध एयरको एउटा जहाज सिमरा, श्री एयरलाइन्सको विमान विराटनगर, एयर इन्डियाको जहाज दिल्ली तथा फ्लाइ दुबईको जहाज लखनउ डाइभर्ट गरिएको थियो ।
विमानस्थल सञ्चालनमा आएपछि ती सबै जहाज पुनः काठमाडौँ फर्किने क्रममा रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको