काठमाडौं – इन्डोनेसियाको जाकार्ताबाट उडेको लायन एयरको बोइङ विमान दुर्घटना भएको छ । बोइङ ७३७ म्याक्स ८ जहाज जाकार्ता अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट उडेको केही मिनेटपछि नै सम्पर्कविहीन भएको थियो ।

फ्लाइट नम्बर जेटी–६१० जहाज जाकार्ताबाट पङ्गकल पिनाङका लागि उडेको थियो । तर उडेको केही मिनेटमै जहाज सम्पर्कविहीन भएको थियो । समुद्र पार गरिरहेको बेला पश्चिम जाभा प्रान्तको कारावाङबाट जहाज सम्पर्कविहीन भएको राष्ट्रिय खोज तथा उद्धार केन्द्रका प्रवक्ता युसुफ लतिफले बताएका छन् । अहिले खोजी तथा उद्धार कार्य जारी छ । २१० यात्रु क्षमताकाे जहाजमा १ सय ८८ जना रहेकाे अधिकारीहरूले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको