काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी प्रथम महाधिवेशनमा दिउँसो २ बजेदेखि बन्दसत्र सुरु हुने भएको छ ।
सोमबार बिहानबाट हुने भनिएको बन्दसत्र मंगलबार दिउँसो २ बजेबाट सुरु हुन लागेको हो ।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रको सुरुमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नेछन् । र, त्यसमा छलफल हुनेछ ।
त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन प्रस्तुति र छलफल हुनेछ । कोषाध्यक्षको प्रतिवेदनपछि महामन्त्री कविन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुति र त्यसमाथि छलफल हुनेछ ।
त्यसपछि पार्टीका सहमहामन्त्रीले विधानमाथिको छलफल र त्यसलाई अनुमोदन गराउने कार्यतालिका छ ।
विधान अनुमोदनपछि पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस तथा छलफल र अनुमोदन गरिनेछ ।
पार्टी सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठन घोषणा एवं आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने सम्भावित तालिका रहेको छ ।
महाधिवेशन प्रतिनिधिको सूची टुंगो लाग्न नसक्दा ढिलो गरी सुरु हुन लागेको बन्दसत्रमा चार हजार २०० प्रतिनिधि सहभागी छन् ।
आइतबार दिउँसो गेष्टहाउस चौरमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्रका कार्यक्रम उद्योग संघको प्रदर्शनी केन्द्रमा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको