काठमाडौं । सुर्खेतबाट पक्राउ परेका एमाले उपाध्यक्ष विष्णु पौडेललाई काठमाडौं ल्याइएको छ ।
सोमबार पार्टी कार्यक्रमको शिलशिलामा सुर्खेत पुगेका पौडेललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको टोलीले कार्यक्रमस्थलबाटै पक्राउ गरेको थियो ।
पक्राउपछि सोमबार राती नै काठमाडौंका लागि हिँडाइएका पौडेललाई सार्वजनिक सवारीसाधनमार्फत आज मध्यान्न १२ः१५ बजे आसपास विभागमा पुर्याइएको हो ।
पौडेललाई सम्पत्ति शुद्धीकरण विभागले आजै म्याद थपका निम्ति अदालतमा उपस्थित गराउनेछ ।
पौडेलको निवासबाट केही कागजात समेत बरामद गरिएको छ ।
पौडेल जेनजी आन्दोलन अघिसम्म केपी शर्मा ओली नेतृत्वको सरकारमा अर्थमन्त्री रहेका थिए ।







