सुनसरी । सप्तकोशीमा पल्टिएको नाउ (डुंगा)मा सवार ३७ जनाको उद्धार भएपनि अन्यको अवस्था अझै अज्ञात छ । सुनसरीको श्रीलंका टापुबाट प्रकाशपुर आउँदै गरेको नाउ दिउँसो राजावासा– ५ सप्तकोशी नदीमा पल्टिएको थियो । करिव ४५ जना यात्रु बोक्ने क्षमता रहेको सो नाउमा सवार ३७ जना यात्रुको सकुशल उद्दार गरिएको घटनास्थमा खटिएका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले हाम्राकुरालाई जानकारी दिए ।  शनिबारको दिन प्रकाशपुरमा हाट बजार लाग्ने भएकाले हाट भर्न आएकाहरु दुर्घटनामा परेका हुन् ।  श्रीलंका टापुबाट हाट भर्न आएका यात्रुहरु चढेको डुंगा राजावासा आइपुगेपछि ढ्याउ (भंगालो) मा पसेको थियो । यात्रुको संख्या धेरै भएकोले ढ्याउमा पसेपछि डुंगा असन्तुलन भई पल्टिएको हुनसक्ने प्रहरीको अनुमान छ ।  प्रनाउ घिमिरेका अनुसार डुंगामा कति यात्रु सवार थिए भन्ने यकिन भएको छैन । उनले भने, ‘हामीले उद्धार गरेकाहरुलाई पनि सोध्यौं । उनीहरुले कति जना थिए भन्ने कसैले ख्याल नगरेको बताए । कतिपयले ४०–४२ जना थियौं भनेका छन् ।’  हाट बजार चलिरहेकाले हाट बजारमा भएकाहरु घर फर्किएपछि आइतबार मात्रै कति थिए र को–को थिए भन्ने जानकारी आउने घिमिरेको भनाई छ ।  उद्धार भएका मध्ये केहीले डुंगामा करिब ६० यात्रु सवार थिए–भनेका छन् । बेपत्ताहरुको खोजीका लागि ६–७ वटा नाउ (बोट) प्रयोग गरिएको छ, घिमेरेले भने, ‘उद्धामार प्रहरी, सशस्त्र, आर्मी र स्थानीय सबै खटिएका छन् ।’ यस्तै, खोजीकैबीच मुसलधारे पानी परेका कारण उद्धामा असर पुगेको छ ।

index

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको