स्मार्टफोन प्रयोगकर्ताको संख्या तिव्र रुपमा बढिरहेको छ र स्मार्टफोनमा इन्टरनेट चलाउने डाटाको खपत पनि बढिरहेको छ । हरेक समय मानिसहरु स्मार्टफोनमा भिडियो हेरिरहेका छन्, फोटो खिचिरहेका छन्, सोसल मिडियामा अनेक प्रकारका फोटो तथा भिडियोका साथै अनलाइन जानकारीहरु पनि शेयर गरिरहेका छन् ।

स्मार्टफोनमा गरिने काममा वृद्धि भएसँगै स्मार्टफोनको ब्याट्रीको हालतका बारेमा एकपटक सोँच्नुहोस् त । ब्याट्रीमा पनि चाप बढिरहेको छ ।

अहिले बजारमा कतिपय यस्ता स्मार्टफोन छन् जसको ब्याट्री लाइफ उत्कृष्ट छ । अर्थात् जति नै धेरै स्मार्टफोन चलाएपनि त्यसको ब्याट्रीको चार्ज दिनभर टिक्दछ ।

ताइबानी कम्पनी एससको जेनेफोन म्याक्समा ५ हजार मिलि एम्पिएर आवरवाला ब्याट्री छ । यसको लिथियम पोलिमर ब्याट्री स्मार्टफोन अत्यधिक डाटा उपयोग गर्नेहरुका लागि मेहेनत गरी बनाइएको छ ।

त्यस्तै सोनीको एक्सपिरिया जेड फाइभ पनि उच्च आयुयुक्त ब्याट्रीवाला स्मार्टफोन हो । यसको २७ सय मिलि एम्पियर आवर क्षमतायुक्त ब्याट्री एकपटक फूल चार्ज गरेपछि स्मार्टफोनमा २० घण्टाभन्दा धेरै समयसम्म कुराकानी गर्न सकिन्छ ।

जिओनीका कतिपय स्मार्टफोनमा ५ हजार एमएएच क्षमताको ब्याट्री राखिएको छ । म्याराथन एम फोर यस्तै उच्च क्षमतायुक्त ब्याट्री भएको स्मार्टफोन हो ।

स्पाइसको इलेक्ट्रो स्मार्टफोनमा पनि ५ हजार एमएएचवाला ब्याट्री छ । तर यसको स्क्रिन, तथा प्रोसेसर र अपरेटिंग सिस्टम कमसल भएको कारण रोजाइमा नपर्न सक्दछ ।

१० हजार मिलि एम्पिएर आवर क्षमताको ब्याट्री सहितको ओकिटेल नामक स्मार्टफोन यहीँ महिना सार्वजनिक हुनेवाला छ । एक वेबसाइटका अनुसार यसमा साढे ५ इन्चको स्त्रिmन तथा २ जिबीको र्याम हुनेछ । यो स्मार्टफोनमा रहने भनिएको ब्याट्री अहिलेसम्मकै बढि क्षमताको ब्याट्री हुनेछ ।sanchar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको