राजविराज । सरकारले विभिन्न तीन देशमा रहेका नेपाली दूतावास खारेज गरेको छ।शुक्रबार अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेट वक्तव्यमा डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिकामा रहेका नेपाली दूतावास खारेज गर्ने घोषणा गरेका हुन्।
यस्तै, चीनको छङ्दु र अमेरिकाको क्यालिफोर्निया सानफ्रान्सिस्को स्थित महावाणिज्यदूतावास पनि खारेज गरिएको छ। साथै, विशाखापटनममा रहेको दूतावासको शाखा पनि सरकारले खारेज गर्ने घोषणा गरेको छ।बदलिँदो आर्थिक कुटनीतिलाई मध्यनजर गरी’ यी दूतावास तथा शाखा खारेज गर्ने निर्णय भएको अर्थमन्त्री वाग्लेले जनाएका छ।







