काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा अभियोग पत्र दायर गरिएको छ ।

जेठ ४ गते पर्साको वीरगन्जस्थित दियालो होटलबाट पक्राउ गरेका प्रसाईंविरुद्ध सरकारी वकिल कार्यालयले सोमबार अभियोग दायर गरेको हो ।

अभियोग पत्रमा प्रसाईंविरुद्ध विद्युतीय (इलेक्टोनिक) कारोबार ऐन २०६३ अन्तर्गतको कसुर र राज्य विरुद्धको कसुरमा सजाय हुनुपर्ने मागदावी गरिएको छ ।

राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियानका संयोजक समेत रहेका प्रसाईँलाई वीरगञ्जका सार्वजनिक तथा अतिक्रमित सडक क्षेत्रमा बनेका संरचना हटाउने सरकारी अभियानको विरोध गर्दै सरकारविरुद्ध जनतालाई उक्साउने गतिविधि गरेको उजुरीका आधारमा  पक्राउ गरिएको थियो ।

विभिन्न युट्युब च्यानल लिएर वीरगन्ज पुगे प्रसाईंले प्रधानमन्त्री बालेन्द्र शाह, राज्यका निकाय सेना र प्रहरीलाई होच्याउने अश्लील अभिव्यक्ति दिएका थिए ।

यद्यपी हिरासतमा रहेका प्रसाईँले राज्यका नाममा खुला पत्र जारी गर्दै लिखित रूपमा स्वीकृति लिएर मन्दिर दर्शन र शान्तिपूर्ण कार्यक्रमका लागि स्वीकृति लिएर जाँदा आफूलाई बिना कारण पक्राउ गरेको दाबी गरेका छन् ।

प्रसाईँले जिल्ला प्रशासन कार्यालयले आफूलाई थुन्न स्वीकृतिको पासो थापेको आरोप समेत लगाएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साले विद्युतीय कारोबार ऐन तथा सार्वजनिक शान्तिविरुद्धको कसुरअन्तर्गत अनुसन्धान गर्न प्रसाईंलाई पर्सा जिल्ला अदालतमा उपस्थित गराएर पहिलो तीन दिन र दोस्रो पटकमा चार दिन गरी म्याद लिएको छ ।

सरकारविरुद्ध आक्रात्मक अभिव्यक्ति दिने र सामाजिक सद्भावमा असर पर्ने गतिविधि गर्दै आएका प्रसाईं यसअघि पनि पक्राउ पर्दै छुट्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको