काठमाडौं–पूर्वअर्थमन्त्री र पूर्वगभर्नरहरुले बैंक तथा वित्तीय संस्थामा एउटै व्यक्ति आजिवनअध्यक्ष पद्मा रहन पाउने व्यवस्था बैंक तथा वित्तीय संस्थाका लागि निकै घातक भएको भन्दै उक्त व्यवस्था कुनै पनि हालतमा हटाइनुपर्ने बताएका छन् ।
पूर्वअर्थमन्त्री र पूर्वगभर्नरहरुले आइतबार व्यवस्थापिका संसद्को अर्थ समितिको बैठकमा उपस्थित भएर बैंक तथा वित्तीय संस्था सम्बन्धी कानून ९बाफिया० लाई संशोधन गर्न बनेको विधेयकमाथि समितिले तयार पारेको प्रतिवेदनले बैंक तथा वित्तीय संस्थामा कुशासन मौलाउने भन्दै सुशासन प्रबद्र्धनका लागि एउटै व्यक्ति २ कार्यकालभन्दा बढी अध्यक्ष हुन नपाउने व्यवस्था गरिनुपर्ने बताए ।
विधेयकमा बढीमा दुई कार्यकालको व्यवस्था रहेपनि केही सांसद्को प्रभावमा विधेयकबाट अध्यक्ष भन्ने शब्द नै झिकेर प्रतिवेदन तयार पारेको थियो ।
पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले समितिले प्रबन्ध संचालकलाई दुई कार्यकालको सीमा तोकी अध्यक्षलाई भने आजिवन पद्मा रहने गरी प्रतिवेदन तयार पार्नुको सहस्य आफूले बुझ्न नसकेको बताए ।
उनले सबैभन्दा उच्च पद् मानिने राष्ट्रपति त तोकिएको कार्यकाल भन्दा बढी पद्मा रहन नसक्ने स्थितिमा बैंक तथा वित्तीय संस्थामा पनि एउटै व्यक्ति दुई कार्यकालभन्दा बढी पद्मा रहन नपाउने व्यवस्था गरिनुपर्ने बताए ।
उनले एउटै व्यक्ति दुई कार्यकालभन्दा बढी अध्यक्ष रहने व्यवस्थाले बैंक तथा वित्तीय संस्थामा अपारदर्शीता र एकाधिकारवादी क्रियाकलाप मौलाउने बताए ।
पूर्वगभर्नर डा। तिलक रावलले बैंक तथा वित्तीय संस्थामा सुशासन प्रबद्र्धनका लागि नेपाल राष्ट्र बैंकलाई अधिकार सम्पन्न बनाइनुपर्ने बताए ।
अर्का पूर्वगभर्नर डा। युवराज खतिवडाले बैंक संचालक र व्यवसायी फरक भएको भन्दै व्यवसायीलाई बैंकको संचालक हुनबाट रोक्ने व्यवस्था गरिनुपर्ने बताए ।
सरकारले विधेयकको दफा १८ ९१० को ९ड० मा ५० प्रतिशत भन्दा बढी शेयर स्वामित्व भएका कम्पनीका संचालकले बैंक वा वित्तीय संस्थासँग ऋण लिएको अवस्थामा बैंकको संचालक हुन नपाउने प्रस्ताव गरिएकामा समितिले बैंक संचालक सांसद्हरुको स्वार्थमा उक्त खण्ड नै झिकेको थियो ।
अर्का पूर्वगभर्नर दिपेन्द्रबहादुर क्षेत्रीले विधेयकमा गरिएका प्रस्ताव नै अपूर्ण रहेकामा समितिले विधेयकका प्रस्ताव हटाएर बैंक तथा वित्तीय संस्थाका संचालकहरुको स्वार्थ पूरा हुने गरी प्रतिवेदन तयार पार्नु चिन्ताको विषय भएको बताए ।
काठमाडौं–पूर्वअर्थमन्त्री र पूर्वगभर्नरहरुले बैंक तथा वित्तीय संस्थामा एउटै व्यक्ति आजिवनअध्यक्ष पद्मा रहन पाउने व्यवस्था बैंक तथा वित्तीय संस्थाका लागि निकै घातक भएको भन्दै उक्त व्यवस्था कुनै पनि हालतमा हटाइनुपर्ने बताएका छन् ।
पूर्वअर्थमन्त्री र पूर्वगभर्नरहरुले आइतबार व्यवस्थापिका संसद्को अर्थ समितिको बैठकमा उपस्थित भएर बैंक तथा वित्तीय संस्था सम्बन्धी कानून (बाफिया) लाई संशोधन गर्न बनेको विधेयकमाथि समितिले तयार पारेको प्रतिवेदनले बैंक तथा वित्तीय संस्थामा कुशासन मौलाउने भन्दै सुशासन प्रबद्र्धनका लागि एउटै व्यक्ति २ कार्यकालभन्दा बढी अध्यक्ष हुन नपाउने व्यवस्था गरिनुपर्ने बताए ।
विधेयकमा बढीमा दुई कार्यकालको व्यवस्था रहेपनि केही सांसद्को प्रभावमा विधेयकबाट अध्यक्ष भन्ने शब्द नै झिकेर प्रतिवेदन तयार पारेको थियो ।
पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले समितिले प्रबन्ध संचालकलाई दुई कार्यकालको सीमा तोकी अध्यक्षलाई भने आजिवन पद्मा रहने गरी प्रतिवेदन तयार पार्नुको सहस्य आफूले बुझ्न नसकेको बताए ।
उनले सबैभन्दा उच्च पद् मानिने राष्ट्रपति त तोकिएको कार्यकाल भन्दा बढी पद्मा रहन नसक्ने स्थितिमा बैंक तथा वित्तीय संस्थामा पनि एउटै व्यक्ति दुई कार्यकालभन्दा बढी पद्मा रहन नपाउने व्यवस्था गरिनुपर्ने बताए ।
उनले एउटै व्यक्ति दुई कार्यकालभन्दा बढी अध्यक्ष रहने व्यवस्थाले बैंक तथा वित्तीय संस्थामा अपारदर्शीता र एकाधिकारवादी क्रियाकलाप मौलाउने बताए ।
पूर्वगभर्नर डा. तिलक रावलले बैंक तथा वित्तीय संस्थामा सुशासन प्रबद्र्धनका लागि नेपाल राष्ट्र बैंकलाई अधिकार सम्पन्न बनाइनुपर्ने बताए ।
अर्का पूर्वगभर्नर डा. युवराज खतिवडाले बैंक संचालक र व्यवसायी फरक भएको भन्दै व्यवसायीलाई बैंकको संचालक हुनबाट रोक्ने व्यवस्था गरिनुपर्ने बताए ।
सरकारले विधेयकको दफा १८ (१) को (ड) मा ५० प्रतिशत भन्दा बढी शेयर स्वामित्व भएका कम्पनीका संचालकले बैंक वा वित्तीय संस्थासँग ऋण लिएको अवस्थामा बैंकको संचालक हुन नपाउने प्रस्ताव गरिएकामा समितिले बैंक संचालक सांसद्हरुको स्वार्थमा उक्त खण्ड नै झिकेको थियो ।
अर्का पूर्वगभर्नर दिपेन्द्रबहादुर क्षेत्रीले विधेयकमा गरिएका प्रस्ताव नै अपूर्ण रहेकामा समितिले विधेयकका प्रस्ताव हटाएर बैंक तथा वित्तीय संस्थाका संचालकहरुको स्वार्थ पूरा हुने गरी प्रतिवेदन तयार पार्नु चिन्ताको विषय भएको बताए ।
– See more at: http://www.ratopati.com/news/79905/#sthash.tTDLIr55.dpuf