नउ(mबष्लबष्ज्ञिघटना–१ , मिति – २०७३ भदौ १७
सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म डण्डा भैरहवाले ठूलो परिमाणमा लागुऔषधसहित दुई जना इन्जिनियरलाई पक्राउ गरेको समाचार प्रकाशमा आयो । ती मध्ये एक जना सिभिल इन्जिनियर र अर्का आइटी इन्जिनियर रहेछन् ।
घटना–२, मिति– २०७३ असार ५
भूकम्पपीडितको घरको तथ्याङ्क संकलन गर्न गोरखा गएका इन्जिनियर अर्जुन शाहले भूकम्पपीडितको क्षतिको सिफारिस गर्नका लागि केही घरधनीसँग १५ हजारका दरले घुस मागे । सिंगो देश र जनताले भूकम्पपीडितलाई राहत दिने विषयमा गंभीर चासो र चिन्ता व्यक्त गरिरहेका बेला राष्ट्रिय तथ्याङ्क विभागबाट खटिएका इन्जिनियर चाहि तीनै पीडित जनतासँग घुस असुल्दै थिए । स्थानीयले विरोध गरको मिडियामा समाचार आयो ।
घटना–३, मिति– २०७३ बैशाख १५
नेपाल प्रहरीको अपराध महाशाखाले नक्कली इन्जिनियरको आरोपमा ३ जनालाई पक्राउ गर्यो । नक्कली प्रमाणपत्र बनाएर इन्जिनियरिङ परिषदमा समेत दर्ता गराको आरोपमा महाशाखाको टोलीले डोटी दिपायलका हितेश सिंह, खोटाङ बाक्सिलाका पुजनकुमार खत्री र काठमाडौं बुढानिलकण्ठका सनत श्रेष्ठलाई पक्राउ गरेको समाचार थियो ।
घटना–४, मिति–२०७२ चैत्र ३०
सप्तरी प्रहरीले अटोमेटिक पेस्तोलसहित एक जना कम्युटर इन्जिनियरलाई पक्राउ गरेको समाचार आयो । ब्रम्हपुर गाविस ५ घर भई हाल राजविराज ७ मा बस्दै आएका विपिन झालाई अटोमेटिक पेस्तोलसहित मंगलबार पक्राउ गरिएको प्रहरीको भनाई थियो ।
घटना–५ , मिति–२०७२ असार २०
उपभोक्ता समितिको काम मिलाइदिने भन्दै घुस लिएको आरोपमा नवलपरासमिा दुई इन्जिनियर पक्राउ परे । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बुटवलको टोलीले घुस लिएको आरोपमा इन्जिनियर ईश्वरीप्रसाद ढकाल र योगेन्द्र मिश्रलाई कार्यकक्षबाटै रङ्गेहात पक्राउ गरेको थियो । ५६ हजार रुपैयाँ घुस लिँदै गर्दा पश्चिमाञ्चल सिँचाइ विकास डिभिजन कार्यालय नं ७ का दुई इन्जिनियर ढकाल र मिश्र पक्राउ परेका थिए ।
इन्जिनियरिङ करियरको शुरुवाती चरणमा रहेको हरेक यूवाहरुका लागि यी पाँच घटना सामन्य होइनन् । आफ्नो पेशाका अगुवाहरुले नैतिकतामाथि प्रश्न उठ्ने गरी गरेका यस्ता कामले करियरको शुरुवाती चरणमा रहेका इन्जिनियरसँगै यो क्षेत्रका इमान्दार इन्जिनियरलाई हेर्ने सामजिक दृष्टिकोण नै बदलिन सक्छ । र, हुन त यी घटना शुरुका पनि थिएनन् र अन्तिम पनि नहुन सक्छन् ।
यी पाँच घटना ताजै रहेका बेला नेपाल इन्जिनियरिङ एसोसियसनको ३१औं कार्यकारिणी परिषद्को निर्वाचन हुँदैछ, र यसले नयाँ नेतृत्व चयन गर्दैछ । भदौ ३१ अर्थातको कार्यकारिणी परिषद्को निर्वाचनका लागि काठमाडौंमा इन्जिनियरहरुको राजनीतिक र प्राविधिक दौडधूप बढेको छ, ठीक यहीबेला चुनावी दौडमा लागेका र मतदाता सवै इन्जिनियरका लागि अर्को भयानक झट्का दिने सन्देश आयो इटहरीबाट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इटहरी उपमहानगरपालिकामा कार्यरत सब–इन्जिनियर नरेश कुमार श्रेष्ठलाई सेवाग्राहीसँग १० हजार घुस लिइरहेकै बेला पक्राउ गरेको समाचार थियो । पेशालाई जनउत्तरदायी बनाउने र राष्ट्र निर्माणमा सर्मपित गर्ने एजेन्डा बोकेर काठमाडौंमा इन्जिनियरहरुले मतदात गर्नुभन्दा करिव ४८ घण्टा अगाडि आएको यस्तो समाचारले नेतृत्वका लागि मैदानमा उत्रिएका उम्मेद्वार र मतदानका लागि तयार भएका इन्जिनियर दुवैका लागि आफ्नो पेशाको ‘धर्म’ माथि सोच्न बाध्य पारेको हुनुपर्छ । तर, ४८ घण्टा अगाडिको इटिहरीको यो घटनाले सवै इन्जिनियरलाई गंभीर बनाएको छ ।
एउटा बाबु आफ्नो छोरा हुलाक सेवाको अधिकृत हुँदा हारेको ठान्ने र सडक विभागको इन्जिनियर हुँदा गाँउ–टोललाई देखाउने गरी घमण्ड प्रर्दशन गर्नुपर्ने अबस्था छ । यो सोच हामी इन्जिनियरका लागि घातक हो कि होइन रु हाम्रो समीक्षाको विषय बन्नुपर्छ । काठमाडौंका सडकमा हिँउदमा धुलो र बर्षामा हिलो यहाँको ‘जीवनशैली’ बनेको छ । देशको केन्द्रीय संरचना रहेको काठमाडौंमै कालोपत्रे गरेको सडक ६ महिना नपुग्दै उप्किन्छ । तर, त्यही सडक विभागको इन्जिनियर चाहिँ अरु राष्ट्र सेवक कर्मचारी भन्दा पृथक बन्ने र देखिने भएपछि हामीमाथि जनस्तरबाट प्रश्न उठाइनु कसरी नाजायज हुन्छ रु दुर्भाग्य नै भन्नुपर्छ, अहिले धेरै इन्जिनियरिङ काम ‘फिल्ड’ मा भन्दा कागजमा शुरु भएर कागजमै सकिन्छ । देशको कर्मचारी संयन्त्रणभित्र हामी आफै पनि अरु कसैका लागि कमाउने ‘कारिन्दा’ मात्र बनेका त छैनौँ । हामीले कहिल्यै यतातिर ध्यान दिएका छौँ कि छैनौँ रु
आजका दिनमा नेपाल विकासशिल देश हो । देशको विकासमा राजनीति नेतृत्वको निर्णयसहित सवैभन्दा महत्वपूर्ण भूमिका इन्जिनियरिङ क्षेत्रको हुन्छ । विकासलाई ‘कछुवाको गति’ बाट तिव्रतर विकासमा लैजान इन्जिनियरिङ क्षेत्रले निर्णायक भूमिका खेल्छ भन्ने आममनोविज्ञान हो । हामीले देशको नक्सा बदल्ने परिकल्पना गर्नुपर्ने थिए । तर, कहिले राजनीतिलाई दोष दियौँ,कहिले व्यवस्थालाई । हुन सक्छ, राजनीति नेतृत्वले पहल र समयमा निर्णय लिन सकेन होला । तर, यति पुरानो इतिहास बोकेको इन्जिनियरिङ क्षेत्रले देश विकासमा कति योगदान पुर्रायो रु आजको चुनावमा यसको समीक्षासहित नयाँ नेतृत्वको खोजी गर्ने बेला हो ।
आफ्नो पेशागत जीवनमा हामीले धेरै नक्सा कोरेका हौँला। हामीले धेरै भवन, सकड, पुल र अन्य पूर्वाधार बनाएका पनि हौँला । तर, नेपालको इन्जिनियरिङ क्षेत्रले यो चमत्कार गर्यो भनेर हामीले के दियौँ रु १० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ पर्ने ठाँउमा हामी किन गयौँ रु यी उत्तरहरुको सही र बस्तुनिष्ठ जवाफ नखोजेसम्म इन्यिनियरिङ क्षेत्रलाई व्यवस्थित र सम्मानजन पेशाका रुपमा अगाडि बढाउन कति सम्भव होला रु मतदानपूर्व हामी इन्जिनियरले एक पटक सोच्नुपर्ने हुन्छ । हामी यो वा त्यो राजनीति पार्टीका इन्जिनियरबाट माथि उठ्ने साहस देखाउन सक्छौँ कि सक्दैनौँ । हाम्रा आस्थाहरु होलान, विचारमा सवैलाई स्वतन्त्रता हुनुपनि पर्छ । तर, विल्कुलै प्राविधिक र धेरै मानिसको जीवनसँग जोडिएको हाम्रो पेशामा राजनीतिक सोच अन्तिम निर्णय हुनु दुर्भाग्य हुन्छ । हामीले बनिबनाउन विचारबाट मुक्त भएर सक्षम, योग्य र सिंगो देशको मुहार बदल्ने दृष्टिकोण भएका व्यक्तिहरुलाई नेतृत्वमा लैजान सक्छौँ कि सक्दैनौँ रु हाम्रा अगाडि आएको यो गहन प्रश्न हो ।
हो, हामी इन्जिनियर राज्यबाट पनि उपेक्षित छौँ । राज्यले सम्मानजनक सेवा र सुविधा दिन सकेको छैन । आजका दिनमा नीजि क्षेत्रको विश्वविद्यालय वा कलेजबाट एक जना इन्जिनियर उत्पादन गर्न झन्डै १० लाख खर्च गर्नुपर्ने हुन्छ । चार–पाँच बर्षको अथक मिहिनेतपछि एक जना योग्य इन्जिनियर उत्पादन हुने हो । तर, त्यो जनशक्तिलाई तुरुन्तै काम दिने राज्यभित्र संरचना छैन । बर्षौ जागीरको लागि दौडिनुपर्ने बाध्यता छ । नीजि क्षेत्रमा जागीर गर्न गयो, त्यहाँ उनीहरुको चरम श्रमशोषण भैरहेको छ । मासिक १० देखि १५ हजार तलवमा देशका इन्जिनियर काम गर्न बाध्य छन् । आधारभूत सुविधा नपाई नेपालमा काम गर्नुपर्ने बाध्यता भएपछि दक्ष मानिएको इन्जिनियर जनशक्ति ‘कामदार’ का रुपमा खाडी मुलुकमा गएका छन् । यसको असर, समाजमा ‘शिक्षित लाहुरे’ बढेका छन् । आफ्नै देशको योग्य जनशक्तिलाई यहाँ उचित व्यवस्थापन गर्ने नीतिमाथि अहिलेसम्मको नेतृत्व कति गंभीर बन्यो । हामीले यसको पनि ठण्डा दिमागले समीक्षा गर्ने बेला भएको छ । यो चुनावमा केही दुर्भाग्यपूर्ण पक्ष छन्, ‘योग्य शोषित’ मतदाता छन् र ‘शोषक’ जस्ता चाहिँ उम्मेदवार छन् । यो मतभेदको अन्त्य गर्ने सोच र दृष्टिकोण भएको नेतृत्व चयन हामी सवैको कार्यभार हुनुपर्छ ।
समाजमा सवै क्षेत्रका व्यक्तिका आ–आफ्ना भूमिका हुन्छन् । मात्र, कसैको पेशा बढी संवेदनशिल हुन्छ कसैको कम । हामीकहाँ केही यस्ता खराव सोचहरुले महत्व पाएका छन्, ती सोचहरुले हामी इन्जिनियरको पेशालाई बदनाम गराउन मात्र सहयोग गर्छन । एउटा बाबु आफ्नो छोरा हुलाक सेवाको अधिकृत हुँदा हारेको ठान्ने र सडक विभागको इन्जिनियर हुँदा गाँउ–टोललाई देखाउने गरी घमण्ड प्रर्दशन गर्नुपर्ने अबस्था छ । यो सोच हामी इन्जिनियरका लागि घातक हो कि होइन रु हाम्रो समीक्षाको विषय बन्नुपर्छ । काठमाडौंका सडकमा हिँउदमा धुलो र बर्षामा हिलो यहाँको ‘जीवनशैली’ बनेको छ । देशको केन्द्रीय संरचना रहेको काठमाडौंमै कालोपत्रे गरेको सडक ६ महिना नपुग्दै उप्किन्छ । तर, त्यही सडक विभागको इन्जिनियर चाहिँ अरु राष्ट्र सेवक कर्मचारी भन्दा पृथक बन्ने र देखिने भएपछि हामीमाथि जनस्तरबाट प्रश्न उठाइनु कसरी नाजायज हुन्छ रु दुर्भाग्य नै भन्नुपर्छ, अहिले धेरै इन्जिनियरिङ काम ‘फिल्ड’ मा भन्दा कागजमा शुरु भएर कागजमै सकिन्छ । देशको कर्मचारी संयन्त्रणभित्र हामी आफै पनि अरु कसैका लागि कमाउने ‘कारिन्दा’ मात्र बनेका त छैनौँ । हामीले कहिल्यै यतातिर ध्यान दिएका छौँ कि छैनौँ रु
हाम्रा दुई छिमेकीले विकासलाई ‘बुलेट ट्रेन’ को गतिमा अगाडि बढाएका छन् । पछिल्लो तथ्याङ्क अनुसार भारतमा बर्षेनी एक दशमलव ५ मिलियन सख्यामा इन्जिनियर उत्पादन हुन्छन्, जुन संसारमै एउटा देशमा उत्पादन हुने सवैभन्दा ठूलो सख्या हो । त्यसबाहेक चीन, अमेरिका, रसिया, इरान, जापान, दक्षिण कोरिया, इन्डोनेसिया, युक्रेन, फ्रान्स, मेक्सिको र भियतनामजस्ता मुलुकले बर्षेनी लाखौ इन्जिनियर उत्पादन गर्छन र देश विकासमा लगाउँछन् । तर, हाम्रो जस्तो अति कम विकसित मुलुकमा केही हजारको सख्यामा उत्पादित इन्जिनियर पनि काम नपाएर कित बेरोजगार बस्नुपर्ने कि त अध्ययनको अन्तिमबर्षबाट नै तेस्रो मुलुकको ‘कामदार’ को सोच बनाएर तयारी गर्नुपर्ने दुर्भाग्य छ ।
नेतृत्व चयनमा इन्जिनियरिङ एसोसियसन पाँच दशक लामो अनभुव छ । पहिलो पटक २०१९ मा नेतृत्व बनाएर अगाडि बढेको यो एसोसियसनमा आजसम्म धेरै नेतृत्वमा आए । तर, यो चुनावको तयारी हुँदा के देखियो भने– प्रर्याप्त पैसा खर्च गर्न नसक्ने र राजनीति संरक्षण नपाएका व्यक्ति जतिसुकै क्षमतावान र योग्य भएपनि नेतृत्वबाट शुरुमै ‘रिङ आउट’ हुनुपर्ने बाध्यता छ । पैसा र राजनीतिलाई मात्र अन्तिम सत्य ठानियो भने पेशालाई मर्यादित बनाउने मूल नेतृत्व नै प्रदुशित बन्ने खतरा हुन्छ र यसको असर लेखको शुरुमा देखाइएका उदारण जस्तै अरु पनि सतहमा आउँछन् ।
एसोसियसनको केन्द्रीय सदस्यका लागि मैदानमा उत्रिएका मित्र बासुदेव नेपाल भन्दै थिए, ‘ चुनाव महंगो भयो । पैसा नभएका कारण देशभर छरिएर रहेका मतदातासम्म पुग्न सकिएन, भोट माग्न नसकिने अबस्था रह्यो ।’ त्यस्तै अर्का मित्र प्रतिक पोखरेल व्यक्तिगत रुपमा सक्षम हुँदाहुँदै पनि संगठन लड्ने ‘दलीय मोडल’ का कारण राम्रो उम्मेद्वारले ‘स्पेस’ नपाउने अबस्था रहेको सुनाउँदै थिए । त्यस्तै महिला उम्मेद्वार अन्जना भट्टले भन्दै थिइन्, ‘एसोसियसनमा महिलालाई विगतदेखि नै महत्वपूर्ण पदमा पुर्याउने कुरामा कन्जुसाई भयो । देशमा महिला राष्ट्रपति, सभामुख र प्रधानन्यायधीस हुँदा पनि इन्जिनियर क्षेत्रमा महिला त मूल नेतृत्वमा पुग्नै नसक्ने अबस्था आउनु दुर्भाग्य हो ।’
नयाँ संविधान जारीसँगै करिव–करिव राजनीति परिवर्तनको लडाईं सकिएको र अव विकासको राजनीति शुरु भएको देशका प्रमुख दलहरुको भनाई बाहिर आएको छ । यो इन्जिनियरहरुका लागि सुखद पक्ष हो । देश विकासका लागि इन्जिनियरको नेतृत्वदायी भूमिका आबश्यक छ । शेरबहादुर देउवा, केपी ओली र प्रचण्डले गर्ने देश विकासको बहसमा कति इन्जिनियर सहभागी छन् रु यो प्रश्न पनि टड्कारो नै देखिन्छ । विकासको राजनीति, छलफल र बहसमा इन्जिनियरहरु नजोडिने हो भने पूर्वाधार विकास कसरी सम्भव हुन्छ रु यो एजेन्डामा प्रवेश गर्न ढिला भैसकेको त छैन रु अव पनि हामीले विकासमा नेतृत्वदायी भूमिका दिन सकेनौँ भने इन्जिनियर पार्टी र कर्मचारीका ‘कारिन्दा’ बनिरहने खतरा रहन्छ ।
नेपालको राजनीतिक परिवर्तनमा इन्जिनियरहरुले व्यक्तिगत र संसथागत दुवै तरिकाले भूमिका खेलेका छन् । यो अधिकारका लागिको लडाईं थियो र सवै मिलेर जितियो पनि । तर, इन्जिनियर आफ्नै मुद्दा र यस क्षेत्रका समस्या समाधान गर्ने कुरामा पछाडि पर्यो । पछिल्लो पटक ०७२ बैशाख १२ को भूकम्पपछिको राहत र पून निर्माणमा नेपाल इन्जिनियरिङ एसोसियसनले राम्रो भूमिका खेलेको हो । भूकम्पका कारण सडकमा निस्केका लाखौ परिवारलाई उनीहरुको घरको अवलोकनसहित आश्वस्त पारेर घर फर्काउन इन्जिनियरले ठूलो भूमिका निभाएका थिए । संकटमा जस्तै हामी सवै मिलेर नयाँ सोचसहित काम ग्रयौँ भने विकास कसरी असम्भव होला र रु
आउने निर्वाचित नेतृत्वले गर्नुपर्ने अर्को महत्वपूर्ण काम भनेको विधान संसोधनको हो, जसले समानुपातिक प्रतिनीधित्वको सुनिश्चता गर्न सकोस । अहिलेको विधानले जित्नेले संगठन कब्जा गर्ने र हार्नेले कहिले पनि नीति निर्माणमा भाग लिन नपाउने अबस्था सिर्जना गरेको छ । परिवर्तित राजनीतिक व्यवस्था अनुसार पार्टीहरुले गठबन्धन बनाएर सरकार चलाउन सक्छन् भने इन्जिनियरहरुले मिलेर किन काम गर्न सक्दैनन् रु र, अव सक्नुपर्छ । समानुपातिक प्रतिनीधित्व रहने गरी विधान संसोधन भयो भने सवै सोच र विचार समेटन सक्ने ठाँउ रहन्छ । कर्मचारी टे«ड युनियमा जस्तै मतका आधारमा सवै पक्ष नेतृत्वमा आउने विकल्प खोज्नपर्ने देखिएको छ । एसोसियसन एउटै दल निकटको कब्जामा भैरहदा फरक विचार राख्ने इन्जिनियरहरुको आवाजको कहिल्यै सुनुवाई नहुँने अबस्था निरन्तर देखिनु सुखदपक्ष हुँदै होइन् ।
नयाँ संविधान जारीसँगै करिव–करिव राजनीति परिवर्तनको लडाईं सकिएको र अव विकासको राजनीति शुरु भएको देशका प्रमुख दलहरुको भनाई बाहिर आएको छ । यो इन्जिनियरहरुका लागि सुखद पक्ष हो । देश विकासका लागि इन्जिनियरको नेतृत्वदायी भूमिका आबश्यक छ । शेरबहादुर देउवा, केपी ओली र प्रचण्डले गर्ने देश विकासको बहसमा कति इन्जिनियर सहभागी छन् रु यो प्रश्न पनि टड्कारो नै देखिन्छ । विकासको राजनीति, छलफल र बहसमा इन्जिनियरहरु नजोडिने हो भने पूर्वाधार विकास कसरी सम्भव हुन्छ रु यो एजेन्डामा प्रवेश गर्न ढिला भैसकेको त छैन रु अव पनि हामीले विकासमा नेतृत्वदायी भूमिका दिन सकेनौँ भने इन्जिनियर पार्टी र कर्मचारीका ‘कारिन्दा’ बनिरहने खतरा रहन्छ ।
यसकारण ३१औं कार्यकारीणि परिषद्को चुनाव भैरहदा हामीले कठोरतापूर्वक भन्नै र आत्मसाथ गर्नैपर्ने हुन्छ, हामीले विगतको समीक्षासहित विकसित नेपालको सपना पुरा गर्ने अभियानमा जुटन जरुरी भैसकेको छ । । दलीय दायराबाट बाहिर निस्केर हाम्रो भन्दा राम्रो नेतृत्व चयन गर्नुपर्छ । नयाँ नेपाल निर्माणको अभिभारालाई पुरा गर्ने दिशातर्फ इन्जिनियरिङ एसोसियसनले आफ्नो कार्यभार बनाउनुपर्छ । यदि यसो गर्न सकिएन भने, विज्ञान र प्रविधिको यो युगमा पनि उपलब्ध प्रविधिमा नगएर अझै केही चुनाव हामीले छापेका मत्रपत्रमा ‘स्टाम्प’ लगाईरहनुपर्ने हुनेछ ।
सिभिल इज्निनियर मैनाली अखिल क्रान्तिकारीका केन्द्रीय सचिव हुन्