pra

चितवन–प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी चैत्रभित्र निर्वाचन गर्न नसके मुलुक अप्ठेरोमा पर्न सक्ने बताएका छन् ।
प्रेस सेन्टर चितवनले विमानस्थलमा बुधबार गरेको पत्रकार सम्मेलनमा बोल्दै दाहालले सिमांकन र नामांकनको विषय टुंग्याइ आगामी चैत्रभित्र निर्वाचन सम्पन्न गर्नुपर्ने बताए ।
‘सविधान संशोधनको प्रस्तावमा राष्ट्रिय सहमति गर्ने मेरो योजना छ’ उनले भने, ‘सबै लागेर निर्वाचन सफल गराउनुपर्छ, त्यसो गर्न सकिएन भने मुलुक गम्भीर अप्ठेरोमा पर्छ ।’
प्रधानमन्त्री दाहालले दशैंअघि नै संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता हुने बताए ।
सबैदलको सहमतिमा संविधान संशोधन प्रक्रिया अघि बढ्ने बताउँदै दाहालले एमाले पनि संशोधन दर्तापछि सहमतिमा आउने दाबी गरे ।
‘संविधान कार्यान्वयन र संशोधन सँगसँगै लैजाने मधेसी मोर्चासँग कुरा भएको छ’ दाहालले भने ।
चैत्रभित्र निर्वाचन सम्पन्न हुने र यसका लागि इलाकाहरुलाई प्रमुख आधार मानेर सिमांकन र नामांकनको प्रक्रिया अघि बढाउने मन्त्रिपरिषद्ले निर्णय गरिसकेको प्रधानमन्त्रीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको