
नागरिकता बन्यो प्रमुख समस्या
पंकज झा
राजविराज । जिल्ला अदालत सप्तरीले काचनका अन्यायमा परेकी एक महिलालाई न्योयोचित फैसला गरी दिँदा समेत हाल सम्म वर्षाै देखि न्यायको खोजिमा ती महिला राजविराज स्थित जिल्ला प्रशासन कार्यालय लगायतका निकायहरुमा भौतारीदै आएकी छिन ।
गाविस काचनमा जन्मिएकी जिवछी देवी १६ वर्ष पूर्व फुलकाही प्रितमपुरका भोगलाल यादव सँग वैवाहिक बन्धनमा बाधिएकी थिइन ।
दामपत्य जिवनको एक वर्ष नवित्दै महिला जिवछी देवीलाई पति भोगी लाल सहित सशुराली पक्षबाट गाली–ग्लौज तथा कुटपिट लगायतका प्रताडना थालियो ।
पटक–पटकको छलफल पश्चात पनि भोगीलालबाट पिडा कम हुनुको साटो जिवछीलाई सौता थप्दै घरबाट निकाला गरिदिए ।
सशुरालीको शारिरीक प्रताडनाका साथै सौताको मानसिक पिडाबाट थलिएको जिवछी अन्ततः न्यायको खोजी गर्दै सप्तरी जिल्ला अदालतमा अंशको माग गर्र्दै २०६९ सालमा पति सहित सशुराली पक्ष माथि मुद्दा दर्ता गराईन ।
सम्मानित अदालतमा प्रतिवादी पति सहितकाले जिवछी देवी सँग आफुहरुको कुनै सम्बन्ध नै नरहेको बताउँदै प्रतिउत्तर लगाए ।
त्यसताका माईत बस्दै आएकी जिवछी देवीलाई सम्मानित अदालतमा आफ्नो नाता कायम गर्ने कुनै लिखित प्रमाण थिएँन । कमजोर माइती माथि जिवछी थप भार बन्न पुगीन । यसैबीच जिवछीको सहारा बनेका बुढो पिताको पनि देहान्त भयो ।
तर, पनि जिवछीको राजविराज जिल्ला अदालत तथा वकिलको कार्यालय भोकैपेट, हिड्दै भएपनि घाउँनै पर्ने दैनिकी नै बन्यो ।
एक त १ महिला त्यसमा पनि बेसहारा१ अदालतमा नाता प्रमाणित गर्न असम्भव जस्तै भएको बेला सशुराली गाउँका केही भलादमीले बिहे भएको साक्षी बनी दिएपछि प्रतिवादीहरु अदालतको तारेख समेत छाडे ।
बुवाको देहान्तपछि आमाको साथ पाइरहेकी जिवछीलाई समस्या तब भयो जब २ दाईले आमा सागरबतीलाई सगोलबाट छुट्याई दिएँ । छोराहरुले दिएको बेदनाका बाब्जुद कुनै सन्तान समेत नरहेकी जिवछीलाई आमाले भने छाडिनन् ।
जिवछी देवी पनि हरेस खाइनन्, सम्मानित अदालत माथि विश्वास र आस्था राख्दै अदालतको ढोका घचघचाई राखिन ।
अन्ततः सम्मानित जिल्ला अदालतको दुर्गा प्रसाद ढुंगेलको एकल इजलासमा जिवछीको हार– गुहारको सुनुवाई भयो ।
झण्डै तीन वर्ष लामो संघर्ष पछि २०७१ साल फाल्गुन २६ गते भएको सुनुवाईमा जिवछीले न्याय पाईन ।
सम्मानित अदालतबाट प्रतिवादीहरुबाट अंश पाउने ठहर गरी पति भोगीलालको जग्गाबाट तीन भाग मध्ये एक भाग नरम–गरम गरी अंशवण्डा छुट्याई दिन जिल्ला मालपोत कार्यालय राजविराजलाई आदेश नै जारी गरियो ।
जिवछीले गाविस फुलकाहीको वडा नं. १ स्थित कित्ता नं. ५०४, ३२८ र ९६६ का गरी एघार कट्टा साढे दुई धुर जग्गाबाट एक भाग अर्थात ३ कट्टा बढी जग्गा पाउने भईन ।
लामो र कठिन संघर्षपछि आंशिक उपलब्धी पाएकी जिवछीलाई समस्या पुनः तब बल्झीयो, जब मालपोत कार्यालयले जिवछीको नागरिकता खोज्यो ।
२०७२ साल देखि नागरिकताको लागि भौतारीरहेकी आमा छोरी हरेश खाएकी, गहभरी आँशु लिदै जिवछी बताउँछिन ।
‘हाल सम्म झण्डै एक लाख खर्च भई सक्यो, तर, अदालतले गरी दिएको न्याय स्वरुप अंश पनि न पाउने भईन छोरी’ आमा सारगवती भन्छिन ।
यसअघिका तत्कालिन प्रमुख जिल्ला अधिकारी नारायण भट्टले केही आश्वासन दिएको वताउँछिन जिवछी देवी ।
भट्टको सरुवा भएपछि हाल सम्म दिनहुँजसो प्रमुख जिल्ला अधिकारी भेट्न जिल्ला प्रशासन कार्यालय राजविराज धाउँछिन आमाछोरी ।
दुःखेसो सुनाउने क्रममा भक्कानिदै आमा सागरबती छोरीलाई देखाउँदै भन्छिन–‘मैले पनि छोडे , यसको के हुन्छ ?’
स्मरणिय छ , सदरमुकाम राजविराज नगर भित्रै दर्जनौ अधिकारवादी संघ–संस्थाहरु छन् ।
महिला अधिकारवादी संघ –संस्थाहरुको समेत उल्लेख्य उपस्थिती छ । यस तर्फ सम्बन्धित संघ–संस्थाको ध्यानाकर्षण कहिले हुने हो हेर्न भने बाँकी नै रहेको छ ।