विद्यार्थी जिवनकाल देखिनै विभेदको विरुद्ध अधिकार प्राप्तीका विषयमा संधर्षशिल रही विभिन्न राजनैतिक आरोह –अवरोह पार गर्दै मातृका नेतृत्वको माओवादी पार्टीका सप्तरी जिल्ला संयोजक हुदै हाल माओवादी केन्द्रका केन्द्रीय सदस्य सम्म पुगेका ससक्त जुझारु व्यक्तीत्का धनी जयप्रकाश यादवले विभिन्न आधा दर्जन भन्दा बढी समाजिक संघ संस्थावाट समेत जनतालाई सहयोग गर्दै आएका छन । उहाँ संग माई संचार डटकमका सहकर्मी पंकज झाले गरेको कुराकानीको सारसंक्षेप
तपाई मातृका नेतृत्वको जिल्ला संयोजक हुँदै अहिले माओवादी केन्द्रमा केन्द्रित सदस्य सम्म आई पुग्नु भयो । वास्तवमा तपाईको राजनैतिक कहाँबाट कसरी शुरुवात भयो ।
राजनैतिक चेतना आई सकेपछि । जब ऋतिक रोशनको काण्डमा जुन मधेशी माथि ज्यादती भएको थियो त्यो आन्दोलन देखि नै राजनीतिमा प्रवेश गरेका थिएँ । म त्यति खेर राजविराजमा दश कक्षामा पढ्दै थिएँ । राजनीतिमा सक्रिय हुँदै अध्ययनलाई पनि निरन्तरता दिएको थिएँ ।
त्यति खेर त नेपाल सदभावना पार्टी पनि थियो, माओवादी तिरै कीन आकर्षित हुन भयो ?
वास्तवमा म त्यतिखेर सदभावना मै थिएँ । नेपाल विद्यार्थी मंचबाट आधिकारीक रुपमा मेरो राजनैतिक जिवनको शुरुवात भएको छ । पछि विभिन्न रुपमा, मधेशवादी पार्टीका नेताहरु आफ्नो स्वार्थका लागि पार्टीलाई वर्वाद गर्दै, मधेश फुटाउने र मधेशको माग पुरा हुन नदिने जुन अवस्था देखियो त्यसपछि नेपालमा दश वर्षे जनयुद्ध बाट मात्रै समुचित विकास हुन सक्छ, देशको विकास हुन सक्छ । त्यस्तो अवस्थामा म माओवादीमा लागेका थिए ।
तपाईहरु संघियता सहितको गणतन्त्रको दुहाई दिदै जनयुद्धको आन्दोलन पनि सफल पार्नु भो । तर अहिले चाहि देशमा संघियता सम्बन्धी किचल्लो हुँदा तपाईहरुको स्पष्ट धारणा कीन आउँदैन ?
हामीहरुको स्पष्ट धारणा थियो । तर, तपाई देख्नु भयो जव सम्म माओवादी पार्टी जनयुद्ध गरेर १२ बुँदे समझदारी सम्म आई पुग्दा एउटा स्पष्ट भिजन थियो । तर, बीचमा आएर पार्टीमा बैचारिक विचलन आयो । नेताहरु बिग्रिए, जसकारण माओवादी पार्टी विभिन्न गुट–उपगुटमा विभाजित भए । फलस्वरुप जनयुद्धको जुनु डिमाण्डहरु थियो, उत्पीडितहरु माग पुरा हुन सकेन । जसको कारणले गर्दा अहिले दोस्रो संविधान सभाको चुनावलाई बहिष्कार गरेका थियौं ।
प्रचण्ड जी जो माथि हुनुहुन्थ्यो पट्टी धरातलमा आउनुभयो र पुन ः पार्टीको एकता भयो र ११ बुँदे सम्झौता बमोजिम हामी पार्टीमा एकतामा छौं । कुनै पार्टी बिलिन भएको छैनन् । हामी पुन ः नेपाली जनताको र दश वर्षे महान जनयुद्धबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्नका लागि र उत्पीडित मधेशी, थारु, जनजातिको पुन ः यहि पार्टीबाट निकास हुन सक्छ, माग पुरा हुन सक्छ भनेर हामी लागेका छौं ।
अहिले तपाईहरुको एकता भएको छ । सरकारमा हुनुहुन्छ अब मधेशी लगायत जुन उत्पीडित वर्गहरु छन त्यसको माग पुरा गराउन सक्नु हुन्छ, माग पुरा गर्ला यो सरकारले ? कस्तो लाग्छ तपाईलाई ?
हामी आशावादी बनौ, यदि गरिएन भने हाम्रो ११ बुंदे सम्झौता भएको छ यदि सम्झौता कार्यन्वयन भएन भने लाग्छ नेपालमा पुन ः एउटा भिषण आन्दोलन हुन्छ, त्यसकारण हामी आशावादी बनौ । सरकारले अहिले सम्म खासगरी एकता भईसकेपछि नेकपा माओवादी केन्द्र बनी सकेपछि नेकपा माओवादी केन्द्रको उत्पीडित जनताको लागि , जुन अवरोधहरु थियो त्यो विस्तारै सेलाउँदै गएका छन् र मधेशवादी पार्टीहरु पनि एउटा लाइनमा आइरहेको अवस्था छ । म पनि मधेश आन्दोलनमा सक्रिय भुमिका निभाएको हजुरहरुलाई थाहा होला । त्यसै कारणले गर्दा हाम्रा माग पुरा भएन भने हामी पुनः त्यहाँबाट फर्किन सक्छौ भन्ने कुरा जानकारी गराउन चाहन्छु ।
भनेपछि माग पुरा भएन भने तपाईहरु अलग्गीन सक्नु हुन्छ र फेरी आन्दोलन नै गर्नुपर्ने बाध्यता आउँछ । यो देशले कहिले सम्म कति आन्दोलन खेप्न सक्छ ?
वास्तवमा नेपाली जनता ‘आन्दोलन’ शब्दबाट विरक्त भई सकेका छन् । तर, जब सम्म नेपालमा पूर्ण रुपमा अधिकार प्राप्ती हुँदैन । कुनै पनि देशमा अधिकार प्राप्तीका लागि आन्दोलनको जरुरी हुन्छ । र आन्दोलनको स्वरुप चाँही, परिवर्तन हुन सक्छ । हामी पहिले पनि बन्द हडतालका विरोधमा थियौं । हामीले त्यसका विकल्प खोजी गर्नुपर्छ र विकल्पको खोजीगरी आन्दोलनलाई निरन्तरता दिनुपर्छ भन्ने मेरो मान्यता रहेको छ ।
तपाई सप्तरीको समग्र विकास जुन गतिमा हुनुपर्ने त्यो गतिमा हुन नसक्नुको कारण के देख्नु हुन्छ ?
सप्तरी जिल्लामा नेतृत्व वर्गमा खासगरी सत्तासिन भएका पार्टीहरु जुन अहिले सम्म तपाई देख्नु हुन्छ भने नेपालमा नेपाली काँग्रेस, नेकपा एमाले र मेधशमा जुन मधेशवादी दलहरु नेतृत्व गरिरहेको छ, नेताहरुको बैचारिक संतुलन ठीक छैन, उनिहरुको आफु खाऊँ–खाऊ, आफ्ना छोरा–छोरी खाउन मात्रै लागेको छ । राजनीतिलाई सेवा न सम्झीकन, राजनीतिलाई पेशा सम्झीकन जुन गरिरहेका छन त्यो अवस्थाले गर्दा सप्तरीको विकास रोकिएको छ र यो क्रम जारी रहुन्जेलसम्म लाग्छ सप्तरीको विकास हूँदैन । यसमा यहाँका सप्तरीवासीलाई सोच्नु पर्छ । खासगरी चुनावको बेला हामी कस्तो मान्छेलाई कस्तो उम्मेदवारलाई चाही हेर्नुपर्छ भन्ने कुरा सप्तरीवासीहरुले सोच्नुपर्छ । अन्यथा यो क्रम जारी रहन्छ ।
तपाई माई संचार डटकम मार्फत जिल्लावासीलाई के भन्न चाहनुहुन्छ ?
माई संचार डटकम मार्फत म यो भन्न चाहन्छु सप्तरीवासीलाई की हाम्रो सप्तरी पुरानो जिल्ला हो, यहाँका पहिचान सहितका जुन आन्दोलन भएका थिए त्यो आन्दोलनलाई सहयोग गर्दै र भोलीका दिनमा पनि तपाईलाई एउटा पार्टीलाई मात्र नभई मान्छे लाई हेर्नु पर्छ, मान्छे कुन टाइपको छ र त्यो नेताले हाम्रो विकास गर्न सक्छ की सक्दैन ? त्यसको व्यक्तिगत स्वार्थ , रहन–सहन त्यो हेरेर मात्र भोलीका दिनमा अगाडि बढनु पर्छ मलाई लाग्छ ।