राजविराज–सप्तरीको बोदे बरसाईनको पुर्वाधार एउटा नगरपालिका जस्तै छ । जिल्लाको पश्चिमी क्षेत्रका गाविसहरुका लागि मुख्य ब्यापारिक केन्द्रको रुपमा विकसित हुँदै गएको स्थान हो बोदे बरसाईन ।
निर्वाचन क्षेत्र नम्बर ६ को दक्षिणी भेगका बासिन्दाहरुको मुख्य बाजारको रुपमा रहेको बोदे बरसाईन पुग्न समस्या कम छैन् ।
सप्तरी सदरमुकाम राजविराजबाट करिब १७ किलोमिटर पश्चिम सिरहा जाने हुलाकी मार्गमा अवस्थित सो ठाउँमा चारपांग्रे सवारी साधन पुग्ने अवस्था छैन् । त्यहाँ पुग्नका लागि एउटै विकल्प छ त्यो हो पुर्व–पश्चिम राजमार्ग स्थित विशनपुर चोक बाट दक्षिण तिर गएको ११ किलोमिटरको ग्राभेल सडक ।
अहिले विशनपुर चोकबाट बोदे बरसाईन जानेबाटो जिर्ण बनेको छ । उक्त बाटोमा दैनिक यात्री बस देखि लिएर मालसामान ढुवानी गर्ने ट्रकहरु आवत जावत गर्ने गरेको छ । सडक जिर्ण भएकोले जो कोहि पनि जोखिमपूर्ण यात्रा नै गर्दै आएका छन् तर त्यसको मर्मर सम्भारका लागि कुनै निकायले चासो लिएका छैन् ।
सरोकारवाला सबै निकाय मौन हुँदा स्थानिय एक नेताले आफ्नो नीजि लगानीमा विशनपुर चोक देखि बोदे बरसाईन सम्मको ११ किलोमिटर सडक मर्मतको काम शुरुवात गरेका छन् ।
मुल निवासी पार्टीका अध्यक्ष इस्लामले ६ लाख नीजि लगानीमा सडक मर्मतको काम शुरु गरेका हुन् ।
वर्षामा सडको अवस्था जिर्ण भएपनि कसैले ध्यान नदिएको गुनासो गर्दे उनले बाध्य भएर आफू नीजि लगानीमा सडक मर्मतको काम शुरु गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको