पंकज झा
राजविराज, । विश्व जगतले अहिंसा दिवस मनाइरहेको बेला सप्तरी जिल्लाका ग्रामिण भेगमा दुई महिलामाथि बोक्सीको आरोप लगाइदै निर्घात कुटपिट गरिएको छ ।
यसरी बोक्सीको आरोपमा निर्घात कुटपिटमा परेका रम्पुरा मल्हनियाँ–८का ३७ वर्षिया धनेश्वरी देवी मुखिया र महदेवा–७का एकवरपुर बस्ने ४० वर्षिया बुधनी देवी सुतिहार रहेकी छिन् ।
मुखियालाई रम्पुरा मल्हनियाँ–८ बस्ने विन्देश्वर मुखिया, रामफल मुखिया, कुशमी देवी, रामनाथ मुखिया लगायतका व्यक्तिहरुले घरमै पसि घेराहाली लात्ति, मुक्का तथा भाटाले निर्धात कुटपिट गर्दै घरमा रहेको गर–गहना, नगद गरी झण्डै एक लाख बढीको धनमाल समेत लुटि लगेको पिडित मुखियाले जिल्ला प्रहुरी कार्यालय सप्तरीमा दिएको जाहेरी दरखास्तमा उल्लेख गरिएको छ ।
यत्ता सुतिहारलाई भने निजकै जेढाजुहरुले बोक्सीको आरोप लगाउँदै घरभित्र पसी शनिबार निर्धात कुटपिट गरेका छन् ।
जेठाजु सिताराम सुतिहार उनकी श्रीमति शान्ति देवी र उनका छोरा रामदेव सुतिहारले कुटपिट गरेको गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजको आकस्मिक कक्षमा उपचार गराई रहेकी सुतिहार बताउँछिन् ।
सितारामको घरमा कोही विरामी पर्ने वित्तिकै आफ्नो श्रीमतिलाइ कुटपिट गर्ने गरेको बुधनीको श्रमिान राम नारायाण बताउँछन् ।
यसअघि पनि बोक्सीको आरोप लगाउँदै पटक पटक बुधनी माथि कुटपिट गरेको श्रमिान राम नारायणले बताए ।
श्रीमतिलाई कुटपिट गर्दा बचाउँन पुगेका राम नारायणलाई समेत पिडकहरुले कुटपिट गरेका थिएँ । पिडकहरुको निर्धात कुटपिटबाट बुधनी देवीको छाती, पिट्यू र टाउँकोमा गम्भिर चोट लागेको छ । पिडकहरुको कुटाईबाट भएको निलडाम अझ सम्म बुधनीको शरिरबाट मेटिसकेको अवस्था नरहेको अस्पताल स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको