काठमाडौं– अमेरिकाले  नेपाली जनताहरुका लागि आजदेखि डीभी चिट्ठा खुला गराएको छ । नेपालस्थित अमेरिकी दूतावासले आज बिहान देखी आवेदन खुल्ला भएको जनाएको छ । आवेदन ७ नोभेम्बर २०१६ अर्थात २२ कात्तिक २०७३ सम्म खुल्ला हुनेछ । दूतावासले आवेदन निःशुल्क हुने र डीभी चिट्ठा प्रवेश गर्नका लागि कुनै पनि शुल्क नलाग्ने जानकारी दिएको छ । यस्तै, कुनै पनि कन्सल्टेन्टको आवश्यकता नपर्ने भन्दै अमेरिकी दूतावासले आवेदकलाई आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सुझाव दिएको छ ।

‘आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला, सहयोग जसले उपलब्ध गराए तापनि आफ्नो आवेदनका लागि तपाईं स्वयं जिम्मेवार रहनुहुनेछ,’ अमेरिकी दूतावासले निवेदकहरुलाई सुझाएको छ ।
सन् २०१८ को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदकहरूले दर्ता अवधिमा डब्लूडब्लूडब्लू डीभी लोटरी डट स्टेट डट जीओभीमा गई डाइभर्सिटी भिसा (ईडीभी) मा पुगेर अनलाइन फाराममार्फत आवेदन फारम भर्नुपर्ने दूतावासको भनाइ छ ।
‘फाराम दर्ता गर्दा तपाईंले आफ्ना पति–पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचीकृत गर्नु अनिवार्य छ । उनीहरूलाई समावेश नगरी पेस गरिएको आवेदन अमान्य ठहरिने दूताबासको भनाई छ । यस्तै एकजनाका लागि एउटा मात्र आवेदन बुझाउनुपर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको