राजविराज–जिल्ला विकास समिति सप्तरीमा अहिले दुई जना निमित्त स्थानिय विकास अधिकारी छन् ।
जिल्ला प्राविधिक कार्यालय सप्तरीका निमित्त प्रमुख प्रदीपबहादुर सिंह यादव एउटा निमित्त स्थानिय विकास अधिकारी हुन् भने अर्का योजना अनुगमन तथा प्रशासकीय अधिकृत धीरेन्द्र कुमार यादव निमित्त हुन् ।
भर्खरै हेटौंडा नगरपालिकाको कार्यकारी अधिकृतवाट सरुवा भई जिल्ला विकास समिति सप्तरीको स्थानिय विकास अधिकारीमा आएका सुदेव पोखरेलले योजना अनुगमन तथा प्रशासकीय अधिकृत यादबलाई निमित्त तोकेर विदामा बस्दा यहाँ एकै कार्यालयमा दुईवटा निमित्त प्रमुख बनेका छन् ।
यादव निमित्त स्थानिय विकास अधिकारी हुनु अघि कोमल प्रसाद धमला स्थानिय विकास अधिकारीको रुपमा कार्यरत थिए । २०७२ पुषमा धमलाको सरुवा पछि निमित्तको रुपमा जिल्ला प्राविधिक कार्यालय समेतका निमित्त प्रमुख भएर काम काज गर्दै आएका यादव पट्क–पटक विवादमा तानिदै आएको छ ।
नयाँ स्थानिय विकास अधिकारीको रुपमा पोखरेल मंगलबार हाजिर भएपछि उनी र यादवबीच विवाद उत्पन्न भएको छ । यादवले मन्त्रालयले सबै स्थानिय विकास अधिकारीहरुको सरुवा स्थगित गरिसकेपछि आफू नै निमित्त स्थानिय विकास अधिकारी भएको दावी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost