पोखरा, । नसाको उन्माद र एक छिनको रमाइलोका लागि मान्छेले पिउने रक्सीले उल्टो मान्छेलाई पिए के होला ? समाजमा रक्सी पिएपछि होस गुमाएर हुने गरेका धेरै घटनाहरु सार्वजनिक भइरहेका छन् ।
अत्याधिक मादक पदार्थ सेवन गरेपछि नसाको उन्मादमा यौनको प्यास मेटाउने माध्यम १० बर्षीया वालिकालाई बनाउने भिनाजु अहिले कास्की प्रहरीको हिरासतमा छन् ।
कास्कीको ढिकुरपोखरी १ मा दशैको फुलपातीका दिन अत्याधिक मादक पदार्थ सेवन गरी १० बर्षीया सालीको हत्या गरेको अभियोगमा २४ बर्षीय ईश्वर विकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
फुलपातीको घरबाट हराएकी दिन १० बर्षीया कञ्चन विक अष्टमीको दिन विहान घर नजिकै मृत अबस्थामा भेटिएकी थिइन् । घटना अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेका ईश्वरले वलात्कारपछि आफैले कञ्चनको हत्या गरेको स्विकारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको