राजविराज,। संविधान संशोधन प्रस्ताव सदनमा लग्न दलहरु बीच व्यापक छलफल भईरहेको हुँदा संविधान संशाधन प्रस्ताव ढिलो चाँडो भएपनि सदनमा जाने कुरामा ढुक्क रहन सांसद सकलदेव सुतिहारले बताएका छन् ।
नेपाली काँग्रेसबाट मनोनित भई सांसद बनेका सांसद सुतिहारले जनपुकार दैनिक सित कुराकानी गर्दै सो कुरा बताएका हुन् ।
तिहार अघि नै संशोधन प्रस्ता सदनमा लागने सरकारतर्फका भनाई सम्बन्धमा सांसद सुतिहारले दुई तिहाई बहुमतले मात्र संशोधन प्रस्ताव सदनमा लगिने बताउँदै एमाले सहित अन्य साना दल तथा मधेशवादी दलहरु सित सरकारले समेत घनीभुत छलफल गरिरहेको बताए ।
सोही सन्दर्भमा एमाले भित्रै समेत सवै संशोधन प्रस्तावको विपक्षमा नरहेको हुँदा संविधान संशोधन प्रस्ताव सदनमा जाने कुरामा ढुक्क रहन समेत सांसद सुतिहारले आग्रह गरें । यद्यपी, उनले मधेशवादी दलहरुले पनि लचकता अपनाउनु पर्ने आवश्यकता सांसद सुतिहारले औल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको