पाच वर्षभित्र सबै गाविसलाई हिलोमुक्त बनाइने

राजविराज । जिल्लामा रहेको व्याप्त भ्रष्टाचारका कारण विसका हुन नसकेको बताउँदै जिल्लामा ‘भ्रष्टाचार रहित समाज’ अभियान चलाउँने तयारीमा रहेको सांसद रन्जित कर्ण बताउँछन् ।

नेपाली काँग्रेसबाट मनोनित सांसद कर्णले जिल्लामा हरेक क्षेत्रमा जरो गाडेर बसेको भ्रष्टाचार युवाहरुको भेला गराई विकाश निर्माण लगायतका कार्यहरुको अनुगमन गर्नु पर्ने आवश्यकता अनुसार त्यसको तयारीमा आफु रहेको माई संचार संग कुराकानी गर्दै सांसद कर्णले बताए ।
उनले भने ‘दुई चार दिन भित्रै त्यसको तयारीको प्रारम्भिक चरण शुरु गर्छु, तिहार पूर्व नै अनुगमन शुरु गर्छु ।
जिल्लाको विमान स्थल, राजविराज–कुनौली सडक खण्ड, लगायतका जिल्ला भरीमा संचालित सम्पूर्ण विकाश निर्माणका कामहरुको जिल्ला तथा स्थानीय युवाहरु सहितलाई समेटी अनुगमन गरिने उनको योजना रहेको खुलाए ।
जिल्लाभरीका विकास योजनालाई स्तरीय तथा तोकिएको समयमा सम्पन्न गर्न स्थानीय युवाहरुलाई जागरुक गरी दवाव सृजना गरे मात्र विकाश निर्माणका कामहरु सम्पन्न हुने उनको बुझाई रहेको छ ।
यसैगरी ग्रामिण भेगका गाविसहरुमा समेत भ्रष्टाचार मौलाउँदा गाविसहरुको यथोचित विकास हुन नसकेको बताउँदै सप्तरीको गाविसहरुमा विकासका लागि दिइने गरिएको रकमको विस प्रतिशत मात्रै काम हुने गरेको र अस्सी प्रतिशत रकम अनियमितता हुने गरेको उनको आरोप रहेको छ ।
त्यसका लागि समेत स्थानीय युवाहरुलाई जागरुक गरी आफु समेत प्रत्यक्ष निगरानी गर्ने उनले बताए ।
गाविसहरुलाई भ्रष्टाचार मुक्त बनाउन सकिए र माटोको काम रोकी क्रमिक रुपले विकाश निर्माणका कामहरु गरिए पाँच वर्ष भित्र जिल्लाका सबै गाविसहरुलाई हिलोमुक्त गाविस बनाउन सकिने सांसद कर्णको तर्क रहेको थियो ।
नेविसंघका पूर्व केन्द्रिय सभापति समेत रहेका सांसद कर्णले भने ‘म पनि यही जिल्लाको हुँ, पहिले जिल्ला बनाउँछु भनि लागि पर्ने तयारीमा छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको