राजविराज । युवाहरुले थालेको सरसफाई अभियान अन्तर्गत सातौ हप्ता शनिबार राजविराज नगरपालिकाको वडा नं. ५ मा युवाहरुले सरसफाई गरेका छ्न ।
वडा नं. ५को शान्ति टोल तथा कंचनपुर रोडमा युवाहरुले सरसफाई गरेका हुन । ५० हप्ते सरसफाईको अभियान लिएका युवाहरु शान्ति टोल पुग्दा स्थानीयहरुले समेत हातमा कोदालो लिई सरसफाईमा युवाहरुलाई सघाउँदै आगामी दिनमा घर अगाडि फोहोर नगर्ने प्रतिवद्धता समेत जनाए ।
विगत झै युवाहरुले आगामि दिनमा घर अगाडि फोहोर फ्यालिएको पाइएमा उक्त फोहोर पुनः त्यहि घरमा फ्याकिदिने चेतावनी समेत दिएका छन् ।
स्थानीयहरुले फोहोर संकलन गरेर राखेतापनि नगरपालिका उक्त फोहोर उठाउने नगरेको गुनासो समेत युवाहरु समक्ष स्थानीयहरुले व्यक्त गरे ।
नगरपालिकामा पुगेरै पटक–पटक नगरपालिकालाई उक्त फोहोर उठाउन आग्रह समेत गर्दा हाल सम्म कुनै चासो सम्बन्धित निकायले नदेखाएको स्थानीय युवा संजीव यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको