राजविराज–सप्तरीको कल्याणपुर ३ मा आइतबार दुई मोटरसाइकल एक आपसमा ठोक्किदा ४ जना घाइते भएका छन् ।
पुर्व पश्चिम राजमार्ग स्थित कल्याणपुर ३ मा भे ५ प ५७६८ नम्बर र स ७ प ४४३२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा ४ जना घाईते भएको हो ।
घाईते हुनेहरुमा सप्तरी कुसाहा २ बस्ने सुनिल चौधरी तथा सोही ठाउँकी बिनादेबी चौधरी र डोल्पा जिल्ला दुने २ बस्ने २३ बर्षिय दिपेन्द्र ठकुल्ला, उनका बुबा हर्क बहादुर ठकुल्ला रहेका छन् ।
घाइते चारै जनालाई उपचारको लागी लहान लगिएकोमा हर्क बहादुरलाई थप उपचारकोलागी काठ्माण्डांै पठाइएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको