• समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो
TV LIVE
No Result
View All Result
TRENDING
Top Slider News Mr. Robot Golden Globes Market Stories Flat Earth MotoGP 2017 Sillicon Valley
  • समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो
No Result
View All Result
my-sanchar-logo-madheshtoday
No Result
View All Result

‘टेस्ट खेल्ने राष्ट्रलाई हराउने लक्ष्य’


cricket Image copyright.
Image captionसात वर्षपछि नेपाली महिला टोलीले पहिलोपटक अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हात पारेको छ

‘वीमेन्स एसिया कप’का लागि छनोट भएको नेपाली महिला क्रिकेट टोलीका खेलाडीहरुले अर्को महिना हुने सो प्रतियोगितामा टेस्ट राष्ट्रलाई हराउने लक्ष्य राखेको बताएका छन्।

हङकङमा सञ्चालन भइरहेको विश्वकप क्रिकेटको एसियाली छनोटमा शनिबार चीनलाई हराएर दोस्रो स्थान हात पार्दै नेपाली महिला टोली एसिया कपमा छानिएको थियो।

एसिया कपमा नेपालले थाइल्याण्डसहित भारत, पाकिस्तान, श्रीलंका र बांग्लादेशसंग खेल्ने छ।

पहिलो पटक

विश्वकप छनोट प्रतियोगिताको एसियाली छनोटमा उपविजेता भएर ‘वीमेन्स एसिया कप’मा छनोट भएको नेपाली महिला क्रिकेट टोलीले सो प्रतियोगितामा भारत र पाकिस्तान जस्ता टेस्ट राष्ट्रसंग पहिलो पटक खेल्नेछ।

झिनो आशा लिएर हङकङमा विश्वकप छनोट खेल्न पुगेको नेपाली टोलीले सुरुमा कमजोर खेल प्रस्तुत गरेपनि प्रभावशाली अन्त्य गर्दै चार राष्ट्र सम्मिलित प्रतियोगितामा दोस्रो स्थान सुरक्षित गरेपछि एसिया कपका लागि छनोट भएको हो।

अर्को महिना थाइल्याण्डमा हुने छ राष्ट्र सम्मिलित प्रतियोगिताको लक्ष्य सुनाउँदै नेपाली टोलीका प्रशिक्षक राजु बस्नेतले भने, “प्रतिपक्षीहरु राम्रा, बलिया हुन्छन् भन्ने मानसिकता हाम्रा खेलाडीहरुमा भएकोले सुरु-सुरुमा नतिजा राम्रो हुन नसकेको हो। तर अहिले जुन खालको प्रदर्शन उनीहरुले गरेका छन् एसिया कपमा हाम्रो प्रतिस्पर्धा भनेको बांग्लादेश र श्रीलंकालाई पराजित गर्नु हुनेछ।”

नेपाली महिला टोलीले अन्तर्राष्ट्रिय उपाधि जितेको यो सात वर्ष पछि हो।

सन् २००९ मा भएको ‘एसीसी वीमेन्स’ प्रतियोगितामा बांग्लादेशसंग हारेर उपविजेता बनेपछि नेपालले कुनै अन्तर्राष्ट्रिय उपाधि हात पारेको थिएन।

आत्मविश्वास

नेपाली टोलीकी कप्तान रुविना क्षेत्रीले एसिया कपमा छनोट हुनुलाई सुस्ताएको महिला क्रिकेटमा उर्जा थपिएको रुपमा व्याख्या गरिन्।

विश्वकप छनोटमा पुग्न नसकेकोमा कुनै गुनासो नभएको भन्दै उनले भनिन्, “एसिया कपमा टेस्ट खेल्ने चारवटा टोलीसंग खेल्न पाउने छौं। त्यो सफलताले गर्दा मलाई विश्वकपको छनोटमा नपुगेकोमा खल्लो लागेको छैन। अहिले हाम्रो आत्मविश्वास बढेको छ। भारत, पाकिस्तान जस्ता टेस्ट राष्ट्रसंग प्रतिस्पर्धा गरेर राम्रो नतिजा निकाल्ने जुन हाम्रो पुरानो लक्ष्य छ, त्यो पूरा हुने वाला छ भन्ने कुरामा म विश्वस्त छु।”

घरेलु क्रिकेटको समस्या झेल्दै आएको महिला टोलीले दुई वर्षपछि पहिलो पटक प्रतियोगिता खेल्ने मौका पाएको थियो।

महिला टोली सोमबार नेपाल फर्किनेछ। –वीवीसी नेपाली

तपाईको प्रतिक्रिया !

Related Posts

श्रीलङ्कालाई हराउँदै एसिया कपको उपाधिमाथि भारतको कब्जा

श्रीलङ्कालाई हराउँदै एसिया कपको उपाधिमाथि भारतको कब्जा

एसिया कपको उपाधिका लागि आज भारत र श्रीलंका भिड्दै

एसिया कपको उपाधिका लागि आज भारत र श्रीलंका भिड्दै

विश्वकप एसिया क्षेत्र छनोट : नेपाल र युएई बीचको खेल रद्द

विश्वकप एसिया क्षेत्र छनोट : नेपाल र युएई बीचको खेल रद्द

भारतसँग नहारेको नेपाल !

भारतसँग नहारेको नेपाल !

५८ रन बनाएर आउट भए आसिफ शेख

५८ रन बनाएर आउट भए आसिफ शेख

नेपालले चौथो विकेट गुमायो, कुशल मल्ल २ रनमा आउट

नेपालले चौथो विकेट गुमायो, कुशल मल्ल २ रनमा आउट

ताजा समाचार
शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

चिनियाँ अधिकारीद्वारा हङझाउमा हुने एसियाली खेलकुदअघि याचिकाकर्तामाथि कारबाही तीव्र

चिनियाँ अधिकारीद्वारा हङझाउमा हुने एसियाली खेलकुदअघि याचिकाकर्तामाथि कारबाही तीव्र


आवरण मिडिया प्रा.लि. द्वारा सञ्चालित
माई संचार डटकम अनलाइन
ठेगाना: राजबिराज -७, मधेश प्रदेश
इमेल : [email protected]
सम्पर्क नम्बर : +977-9852822221

हाम्रो टिम

संचालक : संजीब बिक्रम शाह
प्रधान सम्पादक : विनय कुमार लाल कर्ण
सम्पादक : ओम प्रकाश साह


बजार ब्यवस्थापक : निरज कुमार मंडल
सम्पर्क मो. नं.: +977-9814747834

© 2020 MySanchar.com | All Rights Reserved. Website by Nitrahost

No Result
View All Result
  • समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो