झापा–झापामा पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने जुके कल्भर्टमा सोमबार विहान बसले मोटरसाइकलाई ठक्कर दिंदा दुई जनाको मृत्यू भएको छ ।
मृत्यू हुनेमा मोटरसाइकलका चालक झापा कन्काई नगरपालिका ३ निवासी ६७ बर्षिय तिल बिक्रम थेवे र मोटरसाइकल पछाडी सवार सोही ठाउँका ६० बर्षिय अग्नि भेटवाल रहेका छन् ।
कन्काई नगरपालिका १ जुके कल्भर्ट स्थित राजमार्गमा विहान ९ बजे पूर्वबाट पश्चिमतर्फ जादै गरेको को.१ ख ३५९६ नम्बरको बसले बाटो क्रस गर्दै गरेको मे.५ प ३८५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गम्भिर घाइते भएका दुबै जनाको उपचारको क्रममा विएण्डसी अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको