सुनसरीको सिमरिया २ स्थित एक घरमा सोमबार आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको छ ।
स्थानीय सुरेन्द्र बहादुर ऋषिदेवको फुसको छानो भएको एकतले घरमा खाना पकाउने क्रममा अचानक आगलागी हँदा उनको एउटा घर, नगद ५ हजार तथा घर भित्र रहेको सम्पूर्ण सामान जलेर नष्ट भएको दुहवी प्रहरीले जनाएको छ ।
आगलागीबाट १५ लाख बराबरको क्षति भएको पीडित परिवारका ऋषिदेवले जानकारी दिए ।
आगोलाई स्थानीय प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2025 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost