काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा आयोजित आठौं ब्रिक्स शिखर सम्मेलन सकेर नेपाल फर्किसकेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीलाई सम्बोधन गर्दै उनले गोवा बसाई उपयोगी र सफल रहेको बताएका छन् । ‘समग्रमा हाम्रो दुईदिने गोवा बसाई उपयोगी र सफल रहेको महशुस गरेको छु’ प्रधानमन्त्री दाहालले भने ।
उनले औपचारिक कार्यक्रमका अतिरिक्त सम्मेलनका समयमा ब्रिक्स एवं बिमस्टेक सदस्य मुलुकका राष्ट्र÷सरकार प्रमूखहरुसँग अनौपचारिक भेटघाट गर्ने र सम्बन्ध पुनर्ताजगी गर्ने अवसर प्राप्त भएको बताए ।
प्रधानमन्त्रीले गोवामा दुई बहुपक्षीय कार्यक्रमका अतिरिक्त शिखर सम्मेलनका समयमा भारतका प्रधानमन्त्री, चीनका राष्ट्रपति, श्रीलंकाका राष्ट्रपति एवम् भुटानका प्रधानमन्त्रीसँग द्विपक्षीय भेटघाट तथा कुराकानी भएको जानकारी दिए ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको कुराकानीमा द्विपक्षीय सहयोगमा सञ्चालित परियोजनाहरूलाई समयबद्ध रूपमा सम्पन्न गर्नमा ध्यान दिनुपर्ने विषयलाई जोड दिएका हुन् । उनले भने, ‘भारतका महामहिम राष्ट्रपतिले निकट भविष्यमा गर्नुहुने नेपाल भ्रमणको कार्यक्रमका बारे छलफल गर्यौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost