काठमाडौं–संघीय समाजवादी फोरम नेपालका सांसद एवं नेता डा. वीरेन्द्र महतोले मधेशको समस्यालाई सिंगो मुलुकका रुपमा लिन आग्रहसमेत गरेका छन् ।
उनले प्रमुख दलहरुले विभिन्न बहानामा मधेशलाई उपेक्षा गरे आगामी दिनमा त्यसको क्षतिपूर्ति व्यहोर्नुपर्ने समेत चेतावनी दिएका छन् ।
सञ्चारकर्मीसँग कुराकानी गर्दै डा. महतोले भने ‘मधेशलाई उपेक्षा गर्ने दलहरुले आगामी निर्वाचनमा त्यसको क्षति व्यहोनु पर्छ,’ । वर्तमान सरकारको पहिलो काम संविधान संशोधन प्रस्ताव दर्ता गराउने रहेको बताउँदै उनले तिहार अगाडि नै संविधान संशोधन प्रस्ताव संसदमा दर्ता हुनुपर्ने बताए । महतोले वर्तमान सरकारलाई मधेशी मोर्चाले समर्थन गर्नुको मुख्य उद्देश्य मधेश समस्या समाधान गर्नु रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको