राजविराज–गाउँपालिका, नगरपालिका, विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगका एक सदस्यले आयोगको काम प्रति असंतुष्टि जनाएका छन् ।
आयोगका सदस्य अधिवक्ता सुनिल रंजन सिंहले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी आयोगको काम प्रति असंतुष्टि जनाएका हुन् ।
उनले आयोगद्वारा पूर्व प्रस्तावित ५६५स्थानीय तहको सीट संख्यामा तराई मधेश थरुहटलाई थोरै संख्या निर्धारण गरिएकोमा मधेश तराईबासी र थरुहटको चरम असन्तुष्टि रहेकोमा मेरो पनि चरम असन्तुष्टि रहेको व्यहोरा आयोगलाई अवगत गराई सकिएको भनेका छन् ।
तराई र मधेश थरुहटको कतिपय जिल्लाहरुको केही भू–भाग पहाडको प्रकृतिको रहेकोले सो भू–भागलाई पहाडकै भू–भाग सरह संख्या तोक्न माग गर्दै सिंहले सरकारको इलाका समेतलाई मापदण्ड बनाएर अघि बढ्न आएको कुरा ठाडै अस्विकार गरी असहमतिपत्र यस आयोगमा दर्ता गराएको कुरा विज्ञप्ति मार्फत बताएका छन् ।
‘नेपाल सरकार मन्त्रिपरिषद्को असोज २० गतेको निर्णयले इलाका समेतलाई प्रमुख आधार मानी संशोधित मापदण्ड यस आयोगलाई दिईएकोमा उक्त निर्णय मा उल्लेख गरिएको इलाकालाई समेत प्रमुख आधारलाई म यसै निवेदनद्वारा अस्विकार गरेको जानकारी यस आयोगलाई र म यस आयोग मार्फत नेपाल सरकारलाई गराउँदछु ।’ सिंहले भनेका छन् ।
आयोगका सदस्य सिंहले आयोगले पनि इलाकालाई आधार मानी गाउँपालिका, नगरपालिका, विशेष क्षेत्र, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या र सीमानाको निर्धारण गर्ने कार्य गरिएमा सो मा मेरो कुनै पनि साथ, सहकार्य र सहमति नरहने स्पष्ट पारेको छ ।
उनले देशमा निकट भविष्यमा हुन लागेको स्थानीय तहको चुनावलाई मध्यनजर गरी हाम्रो कामलाई २ चरणमा सम्पन्न गर्न माग गरेका छन् । पहिलो चरणमा गाउँपालिका, नगरपालिकाको संख्या तथा सीमाना निर्धारण गरी दोश्रो चरणमा हाम्रो आयोगको म्याद फाल्गुन मसान्तसम्म रहेको अवस्थामा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण फाल्गुन मसान्तसम्म गर्न उनको माग छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost