काठमाण्डौ–प्रहरीले रसिया हुदै युरोप पठाई दिन्छु भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । बानेश्वरमा रहेको रिकोन एजुकेशन कन्सल्टेन्सीकी धादिङ थाक्रे गाविस–८ घर भई कलंकी बस्ने २३ बर्षीया सम्झना के.सी.र कोटेश्वरमा रहेको हाईलिंक एजुकेशनल कन्सलटेन्सिका कास्की सल्यान –४ घर भई ललितपुतर धोविघाट बस्ने ३१ बर्षीय आन्नद के.सी.लाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले बाग्लुङ विनामारे गाविस–३ का भरत वि.क. समेतका व्यक्तीहरुलाई उनीहरुले भारतको दिल्लीबाट रसिया हुदै पोर्चुगलसम्म सजिलै पुर्याईदिने भनि प्रलोभनमा पारी प्रति व्यक्ति १० लाख ५० हजारसम्म रकम लिएका थिए ।
दिल्लीबाट रसिया सम्म पुर्याई अलपत्र पारेकोले कारबाही गरी पाउँ भनि महानगरीय प्रहरी अपराध महाशाखामा ७ जना पीडित तथा उनीहरुका आफन्तहरुले निवेदन दिएका थिए ।
महाशाखाबाट खटिएको विषेश प्रहरी टोलीले उनीहरुलाई नयाँबानेश्वरबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको