काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी चैतमा स्थानिय निकायको चुनाव गराउने बताएका छन् ।
माओवादी केन्द्र संसदीय दलको बैठकलाई बुधबार सिंहदरवारमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहाले यस्तो कुरा बताएका हुन् ।
छठ पर्व लगत्तै संविधान संशोधन गर्ने तयारी भइरहेको जानकारी गराउँदै उनले संविधान संशोधनबारे प्रमुख विपक्षी नेकपा एमालेसहित सबै दलसँग सकारात्मक छलफल अगाडी बढी रहेको बताए ।
संविधान संशोधन हुने वित्तिकै स्थानिय निकायको चुनाव हुने वातावरण वनिसक्ने भएकाले ‘संविधान संशोधन गरेर चैतमा जसरी भएपनि चुनाव गराउनुपर्छ’ दाहालले भने ।
बैठकमा प्रधानमन्त्रीले संविधान संशोधन गर्नुपर्ने विषयमा सबै दल सहमत रहेकोले अब कुन–कुन विषयमा के–के संशोधन गर्नेबारे छलफल भईरहेको जानकारी दिए ।
दाहालले सिमांकन, नागरिकता लगायतका विषयमा संविधान संशोधनको गृहकार्य भइरहेकोले सिमांकनबाहेक अन्य विषयमा खासै समस्या नहुने उनको भनाई छ ।
‘सिमांकनको कुरा अलिकति जटिल हुन सक्छ तर अन्य विषयहरु त सहजै टुंगो लाग्ने देख्छु,’ बैठकमा दहालले भने ।
प्रधानमन्त्री दाहालले संविधान संशोधनबारे कांग्रेस, एमाले, मधेसी मोर्चा लगायतसँग छलफल भइरहेकोले सरकारले दलहरुसँग परामर्श नै गरेन भन्नु उचित नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको