सामाजिक क्षेत्रमा योगदान पुर्याउँदै विद्यार्थीबाटै राजनीतिक जिवनको शुरुवात गरेका मातृका नेतृवको माओवादी पार्टी एकिकरण पश्चात मओवादी केन्द्रका पोलिटव्युरो सदस्य सप्तरीको रायपुर गाविस ७ निवासी हाल राजविराज नगरपालिकामा बसोवास गर्दै आएका महेश कुमार यादव संग माई सञ्चार डटकमका लागि संजीव बिक्रम शाहले गरेको कुरकानीको सम्पादित अंश ।

तपाईको राजनीति जिवनको शुरुवात कसरी भयो ?
विद्यालय बाटै राजनीतिको शुरुवात भएपनि रामसागर बहुमुखी क्यापस जनकपुरमा पढ्दा देखी सक्रिय रुपमा राजनीतिको शुरुवात भयो त्यती बेला नेपाल विद्यार्थी संघमा थिएँ । त्यसपछी अनेरास्वयुमा गएर आफनो राजनीति केरियरको शुरुवात गरें । २०५० सालको स्ववियु निर्वाचनमा उप–सभापती पदको प्रत्यासी भएँ त्यहाँ पनि निकै मत आयो त्यसपछी २०५५ सालमा अनेरास्वयु(माले) बाट टिकट पाएर स्ववियु निर्वाचनमा निर्वाचित भएँ पछि त्यो हाम्रो पार्टीको लागि पनि र मेरो लागि पनि ऐतिहासिक जित थियो । त्यस पछि माले र एमाले पार्टी एकिकरण भयो मेरो सोच सधै देशमा क्रान्तीकारी परिवर्तन होस् भन्ने थियो र त्यहाँ बाट आफ्नो राजनीति केरियर शुरु गरें । अहिले आएर माओवादी केन्द्रको पोल्टी व्युरो सदस्य सम्म आएर राजनीति गरिरहेको छु ।
तपाई माओवादी पार्टीबाट बिद्रोह गरेर मातृका समुहको मओवादीमा प्रवेश गर्नु भएको थियो त्यती बेला मधेशवादी दलहरु पनि थियो नि त ?
विभिन्न कालखण्डमा मधेश आन्दोलनहरु भयो । त्यसको पवृत्ती हेरेर मओवादी पार्टीले नै मधेश मुिक्तको लागि लडिरहे । २०५८ साल देखी जनयुद्ध शुरु हँुदा जनसकारको प्रमुख मधेशी पुत्र मातृका जी नै हुनुहुन्थ्यो र नेपालमा मधेशीहरुको लागि पार्टी खोल्न ‘मधेशी राष्ट्रिय मुक्ति मोर्चा’ मओवादीले नै सिखायो । मधेश एक प्रदेश बन्नु पर्छ मओवादीकै अवधारणा पत्रमा पहिलो पल्ट समावेश गरिएको थियो । जसमा मातृकाजीको भुमिका अहम थियो त्यसैले म मातृकाजीको पार्टीमा लागें ।
तपाईहरु जनयुद्ध गरेर सफल पनि पार्नु भयो तर अहिले देशमा संघीयता सम्बन्धी किचलो भईरहेको अवस्था छ । त्यसमा तपाईको धारणा के छ ?
मेरो विचारमा अहिले सम्म जनयुद्ध सफल भएको छैन् । जनयुद्धको एक चरण पार भयो देशमा रहेका मुल नायके राजतन्त्रको अन्त्य भयो । तर त्यती बेला उठाएको मागहरु जनताका जायज समस्याहरु अहिले सम्म पुरा भएको छैन् । त्यसैले हामी संघर्ष जारी राखेका छौं र जनताको माग पुरा हुने प्रति पनि प्रतिबद्ध छांै ।
तपाईको पार्टी अहिले सरकारमा छ । मधेशी पिछडा वर्गको माग पुरा गराउन के पहल गरिराख्नु भएको छ ?
हाम्रो पार्टी सरकारमा छ तर यहाँको समस्या बारे प्रचण्डलाई पनि थाहा छ । किन भने प्रधानमन्त्रीले जुन संशोधन प्रस्ताव सद्नमा लग्ने तयारीमा लाग्नु भएको छ त्यसले प्रष्टाएको छ की समस्या निराकरण गर्नु पर्छ । अहिले पनि मओवादी केन्द्र लगायत विभिन्न पार्टीमा पनि पहाडी मांसिकता तथा खसवादी सोच भएका व्यक्तिहरु छ जसको कारणले समस्या भईरहेको छ । मधेशको समस्या बारे पार्टी भित्र पनि सर्धष चलिरहेको छ । मधेशको प्रमुख समस्या सिमांकन नै हो, त्यो हुन न दिन केही व्यक्तिहरु लागि परेको छ । यो प्रधानमन्त्रीलाई असफल पार्ने खेल भईरहेको छ, त्यसको मुख्य योजना बनाउने पार्टी एमाले हो । काँग्रेस र माओवादी केन्द्र भित्र पनि खसवादी सोच भएका व्यक्तिहरु छ, जुन व्यक्तिहरु माओवादीको सरकारलाई सफल वनाउने प्रयासमा छ । यो संशोधन प्रस्ताव दर्ता नगराउने खेलमा छ । सिमांकनको छिनोफानो हुन नदिने खेलमा लागेको छ । हाम्रो पार्टी एकिकरण हुने समयमा १३ बुदें समझौता गरेका थियांै त्यसमा स्पष्ट छ । त्यो मुद्दालाई छोडेर अगाडी बढ्यो भने पार्टी भित्र पनि बिद्रोह हुन्छ ।
सरकारलाई साथ दिएको मधेशवादी दलहरुले दशै दिपावली सम्म हाम्रो माग पुरा भएन भने हामी आन्दोलनमा फर्किन्छौ भनेर चेतवनी दिएको तपाईलाई कस्तो लाग्छ ? माग पुरा हुन्छ कि फर्किन्छ ?
दल व्यक्ति भनेर त आन्दोलन हुदैन मधेशीदलहरुले जनतामा के भ्रम फैलाएको छ भने मधेशको समस्या हामी मात्र समाधान गर्न सक्छौं । मधेशको मसिहा भन्ने केही व्यक्तिहरु मधेशको कर्ताधर्ता आफु भएको दावी गर्ने पवृत्ती पनि छ । यी कुराहरु गलत हो । मधेशीको समस्या २ सय ५० वर्ष देखी जकरेको समस्या हो यो चाँडै समाधान हुन सक्दैन् । २०६३ सालको आन्दोन थियो मधेश आन्दोन । जती बेला जनताहरुले हातमा घरेलु हतिया लिएर सडकमा ओर्लिएको थियो त्यो थियो मधेश आन्दोलन । तर यस पालिका आन्दोनमा मधेशी जनताहरुले जे चिताएको थियो त्यो पुरा गर्न सकेन मधेशवादी दलहरुले र म के भन्न चाहन्छु कि अहिले जो मसिहा बन्ने प्रयास गरिहेको छ त्यसलाई छोडेर अगाडी बढ्नु पर्छ मधेशवादी दलको आन्दोलन मात्रै हो भन्ने छोडौ र सबै पार्टीका मधेशीहरुलाई एक ठाउँमा ल्याउने प्रयास गरौं । त्यस पछि मधेशको समस्या समाधान हुन्छ ।
मधेशी मोर्चाले एकातिर सरकारलाई साथ दिएको छ र अर्को तिर सिके राउत संग मिलेर आन्दोलन गर्ने तयारीमा लागेको सुनिदै छ । त्यसमा तपाईको घारणा के छ ?
सिके राउत र मधेशवादी दलहरुको धारणामा जस्ट विपरित छ । सवभन्दा पहिले के उहाँहरुको विचार मिलेको छ ? अहिले सप्तरी पनि मधेशीको हातमा छैन् कंचनपुर, फक्तेपुर जानुस् मधेशीको हातमा छैन् । हामीले मधेशमा बसेका जनताहरुलाई अहिले सम्म बुझाउन सकेका छैनौं की तपाईहरु पनि मधेशी हो । तपाईहरु पनि आन्दोलनमा आउनु पर्छ भन्ने कुरा बुझाउन सकेका छैनौं । एउटा पनि जिल्ला आफ्नो हातमा नहुँदा पनि सिके राउतजीले देश अलग्याउने कुरा गर्नु भयो त्यो मलाई ठिक लागेको छैन् । अव मधेशवादी दलहरुका नेताहरुले कुन एजेण्डामा उहाँसंग कुरा गर्नु भयो हामीलाई पनि थाहा छैन् । म के भन्न चाहन्छु की मधेशवादी दलहरुले पनि एउटा प्वाईन्टमा गएर मिल्दा राम्रो हुन्छ मिलनु पर्ने पनि जरुरी छ । मधेशमा बसेका सबै पिडीत तथा मधेशीहरुलाई मिलनु पर्ने जरुरी छ अनि मात्र हामी मुक्त हुन सक्छौ, अनि मात्र हामी राजनीति पनि गर्न सक्छौं ।
सप्तरीको सम्रग विकास गति लिनसकेको छैन् । त्यसको दोषी को त ?
प्रष्ट छ, त्यसको दोषी राजनीतिदलहरु छ । पार्टीहरु भित्र पनि गुट उपगुटहरु छन् त्यसमा आ–आफनो पार्टीका कार्यकर्ता तथा नेतालाई जोगाउन परेशान छन् । यहाँका नेताहरु समाज र जनताको कुरा नै सुन्न तयार छैन् । यदी राजनीतिज्ञ व्यक्तिहरु इमानदार भईदियो भने, उदार भई दियो भने जनताको जैनुन समस्याहरु प्रति ध्यान दिन सक्यो भने विकास हुन्छ । अहिले भन्नु हुन्छ भन्ने जिल्ला विकास समिति सप्तरीको आन्तरिक कोषको रकम सबै दुरुपयोग भएको अवस्था छ । त्यो अन्तरिक कोष अहिले शुन्य अवस्थामा छ । जवकी आन्तरिक कोषको पैसा जिल्लामा आएको अपरझट समस्या तथा दैवीप्रकोपको लागि हुन्छ । भोली गएर कुनै ठाउँमा ठुलो दैबप्रिकोप भयो भने के गर्ने ? यहाँ त खुल्लेआम भ्रष्टाचार भएको छ । त्यो कोषवाट दुई लाख चार लाख रुपैया बाँडेको छ । यसमा मधेशीदलहरु सबैभन्दा बढी पैसा लिएको छ । नौ लाख रुपैयाको काम लिएको थियो तर दुई लाख रुपैया खर्च नगरिकनै दिनरात पैसा लिन धाईरहेको छ । यो सव छोडे्र सबैलाई जिल्लाको समग्र विकासमा ध्यान दिनु पर्छ ।
यो भ्रटाचार रोक्ने तपाईको दायित्व होईन् ? तपाई भ्रष्टाचार रोक्न अहिले सम्म के गर्नु भएको छ ?
पार्टी एकिकरण गरेदेखी जिल्ला विकास तथा नगरपालिकाहरुमा सुचनाको हक सम्बन्धी कार्यक्रम गरेर भ्रष्टाचारी रोक्ने प्रयास गरेका छौं । कार्यालयहरुमा तालाबन्दीहरु पनि गर्यौं । तर विडम्बनाको कुरा हो हामीले जे गर्न चाहन्थ्यौं त्यो गर्न सकेका छैनौं । यहाँ एउटा समस्या के छ भने तपाई यदी कुनै शक्तिमा हुनुहुन्छ भने तपाई संग बढी मान्छे हिडिदिने तर शक्तिमा नहुँदा जस्तो इमान्दार भए पनि तपाई संग कोही हुदैन यो विकृतीहरुलाई पनि ठिक पार्नु पर्छ । तिहार छठ पछि एउटा योजना बनाएर यसलाई ठिक ठाउँमा गएर पारदर्शी गर्नुपर्छ ।
तपाई माई संचार डटकम बाट जनतालाई के संदेश दिन चाहनु हुन्छ ?
म के भन्न चाहन्छु भन्ने मधेशी जनताहरु अहिलेपनि गुलामीको जंजीरमा छ । त्यो मांसिकतावाट टाढा रही आजाद हुनु पर्छ र पार्टी संगठन आपनो ठाउँमा छ पहिला हामीले आपनो सोचवाट अगाडी बढ्नु पर्छ । सप्तरी मधेशी जिल्लाको उर्वर भुमी रहेकोले यहाँको जनतालाई इमान्दार व्यक्तिको खोजी गरी आफनो योजना सफल पार्नु पर्छ यही सदेश मेरो सबै जनतामा जाओस् धन्यवाद !

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको