सिरहा–सिरहाको मिर्चैयामा बुधबार राती भएको सडक दुर्घट्नामा ३ जनाको मृत्यू भएको छ भने १३ जना घाईते भएको छ ।
मिर्चैैया ६ मा ट्रकले यात्रुबसलाई ठक्कर दिएपछि बसमा सवार ३ जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएको हो ।
पूर्व पश्चिम राजमार्गमा काँकरभिटाबाट काठमांडौ जादै गरेको ना ५ ख ४८९९ नम्बरको मकालु बसलाई र बिपरित दिशाबाट आउँदै गरेको ना ३ ख ४१३० नम्बरको ट्रकले ठक्कर दिएको थियो ।
ठक्करबाट बसमा सवार भारत सिक्कीम ग्यान्टोक बस्ने ३३ बर्षिय पायल अग्रवाल सोही ठाउँका ३० बर्षिय विन्दीया गुरुङ्ग र पाँचथर रवी ६ बस्ने ३५ बर्षिया ननुका राईको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाईते हुनेहरुमा काठमाण्डौ बस्ने अनुका थापा, सोही ठाउँका विरु खरेल, सुमन, सोडिया थापा, सर्डियस क्षेत्री, सरोज थापा, जिल्ला संखुवासभा धुपु–५ बस्ने दिलु कलाखेती, ईलाम आमचौक–३ बस्ने कसीस क्षेत्री, पशुपतिनगर–५ बस्ने लाक्पा तामाङ, बारा सिमरा बस्ने हिरा कार्की, सोही ठाउँका अदिति कार्की, कृष्ण बहादुर कार्की, र पाँचथर रवि–५ बस्ने मनोज राई, घाइते भएका छन् ।
घाइते मध्ये अनुका थापा, विरु खरेल, सुमन र सोडिया थापालाई थप उपचारकोलागी न्युरो अस्पताल विराटनगर ल्याइएको छ भने अन्यको स्थानिय रेखा नर्सिङ्ग होम मिर्चैयामा उपचार भईरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएकोछ ।
ठक्कर दिने ट्रकका चालक मकवानपुर जिल्ला हेटौडा ३ बस्ने फडेन्द्र राजपुरीलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले नियन्त्रणमा लिएको छ भने बसका चालक फरार रहेकाले खोजीकार्य भइरहेको प्रहरीको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2025 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost
