काठमाडौं–तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले छठ सम्म संशोधन विधेयक संसदमा दर्ता नभए आन्दोलन गर्न बाध्य हुने बताएका छन् ।
उनले मोर्चा संग भएको तीनबँदे समझौता अनुसार संविधान संशोधनमा ढिलाई भएको बताउँदै छठसम्म संशोधन विधेयक दर्ता नभए बाध्यकारी निर्णय गर्न बाध्य हुने बताए ।
नेपाली कांग्रेस–नेकपा माओवादी केन्द्र गठबन्धन सरकारले संशोधनप्रति उदासीनता देखाएकोले सरकारको नियतमाथि नै शंका÷उपशंका उत्पन्न हुन थालेको प्रतिक्रिया दिए ।
तमलोपाको केन्द्रीय पदाधिकारी, जिल्ला अध्यक्ष, सांसद एवं केन्द्रीय सदस्यहरुको संयुक्त बैठकपश्चात् आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ठाकुरले तमलोपाको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ठाकुरले सरकारले धारणा स्पष्ट गरी संशोधन प्रक्रिया प्रारम्भ गर्न माग गरेका हुन् ।
“प्रस्तावित पुनर्संरचनामा स्थानीय तहहरुको संख्या सर्वथा विभेदकारी र षड्यन्त्रपूर्ण रहेको आरोप यस्तो विभेदकारी र अन्यायपूर्ण स्थानीय तहहरुको संरचना तमलोपालाई कदापी मान्य नहुने जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको