rajendra
सर्लाही-सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन नभएसम्म विश्वका कुनै पनि शक्तिले कार्यान्वयन गराउन नसक्ने बताएका छन्
नेपालका आधा भन्दा बढी जनसंख्या अहिलेको संविधान प्रति असन्तुष्ट रहेकोले संशोधनको अर्को कुनै विकल्प नरहेको बताए । अध्यक्ष महतोले कांग्रेस–माओवादी गठबन्धनले मोर्चासँग गरेको सहमति कार्यान्वयन हुनेमा पूर्ण विश्वस्त नरहेको बताए ।
‘संशोधनमा आशावादी भएपनि भरोसा छैन’ महतोले भने ‘तीन बुँदे सहमतिको प्रमुख माग सीमांकन नै रहेकोले अहिलेसम्म संशोधन प्रस्ताव दर्ता नहुनु दुःखद हो ।’
छठ सम्म संशोधन प्रस्ताव संसदमा दर्ता नभए कडा आन्दोलन गर्ने महतोको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको