आसन्न भारतीय राष्ट्रपति प्रणव मुखर्जीको जनकपुरको भ्रमण सन्दर्भमा नगरको सरसफाई  तथा सौन्दर्यकरण गर्ने कार्य सुरु भएको छ ।
प्रमुख जिल्ला अधिकारी दिलीपकुमार चापागाईंका अनुसार भारतीय राष्ट्रपतिको जनकपुर भ्रमणलाई भव्य र सौहार्दपूर्ण ढङ्गले सफल बनाउन  विभिन्न गृहकार्य भइरहेको छ । भारतीय राष्ट्रपति मुखर्जीको जानकी मन्दिरमा पूजाअर्चना र सहिद पथ (जनकपुर–यदुकोहा हुलाकी सडक) को शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।सो अवसरमा मुखर्जीलाई जनकपुर उपमहानगरपालिकाद्वारा नागरिक अभिनन्दन, मिथिलाको संस्कृतिअनुसार स्वागत र मिथिला संस्कृतिको प्रदर्शन गरिने कार्यक्रम पनि रहेको छ ।  भारतीय राष्ट्रपतिको यही कात्तिक १९ गते हुने जनकपुर भ्रमणलाई ध्यानमा राख्दै नेपाल र भारतका सुरक्षा अधिकारीबीच सुरक्षा रणनीतिबारे छलफल भइरहेको जानकारी दिँदै प्रजिअ चापागाईंले राष्ट्रपति मुखर्जीलाई जानकी मन्दिर परिसरमै नागरिक अभिनन्दन गरिने र सडक शिलान्यास हुने स्थलसम्म सरसफाइ, सडक स्तरोन्नति र स्वागतद्वार निर्माणका कार्ययोजना तय गरिएको  बताए  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको